काठमाडौं । अभिनेत्री आँचल शर्माले विवाह गरेलगत्तै दिएको एक अन्तरवार्तामा आफ्ना श्रीमान् उदीप श्रेष्ठको तुलना बलिउड अभिनेता सलमान खानसँग गरिन् । आफूलाई उदीप सलमान खान जस्तो लाग्ने बताएपछि उनको चर्चा खुबै भयो । अन्तरवार्ता दिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दर्शकले उदीपलाई सलमानसँग तुलना गर्दै ट्रोल गर्न छाडेका छैनन् ।

तर, आँचल भने उदीपको तुलना सलमानसँग हुँदा आफूलाई गर्व लाग्ने बताउँछिन् । उनले भनिन्, ‘मलाई कुनै बेलामा सलमान खान खुबै मन पर्थ्यो । सलमान उभिँदा मात्र पनि अर्कै माहोल बन्थ्यो । म सलमानको फ्यान थिएँ ।’

उनले आफूलाई सलमान भन्दा पनि आफ्ना श्रीमान् उदीप बढी ह्याण्डसम लाग्ने बताइन् । ‘सलमान खान जस्तो विश्वले मन पराएको मानिससँग तुलना हुँदा त म खुशी छु । नराम्रो मानिससँग तुलना भएको भए पो तनाव हुनु होइन र ?’ उनले भनिन् ।

अर्को प्रसंगमा आँचलले आफू अहिले नै आमा बन्ने विषयमा कुनै सोच नरहेको बताइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS