पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन् । सिंहदरवारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा उनले पुष्पहार चढाएकी हुन् ।

पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारणसमेत पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि आजै सोही स्थानमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

सो क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS