धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका छन् । उनले तीन सय ८६ मत पाउँदा संस्थापन पक्षका उम्मेदवार भीमबहादुर विष्टले ३५७ मत ल्याएका छन् । सचिवमा भने रावल पक्षकै भीमबहादुर रावल ४५३ मत ल्याएर विजयी भए ।

उपसचिवमा संस्थापन पक्षका डम्बर बिसी २६० र रावल पक्षका प्रेमबहादुर महर २५२ मत ल्याएर विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS