काठमाडौं । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको प्रतीक्षित चलचित्र ‘चपली हाइट ३’को बुकिङ खुल्ला गरिएको छ । देशभरका सबै मल्टिप्लेक्सले बुधबारबाट नै चलचित्रको बुकिङ खुल्ला गरेका हुन् । दुई सातादेखि हलमा कुनै पनि नेपाली चलचित्र रिलिज नभएका कारण यो चलचित्रमाथि धेरैको चासो छ । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यसपछि अर्को चलचित्र रिलिज हुने नहुने टुंगो छैन । माघ १९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्ष कोरोनाको प्रभाव हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने सोचमा देखिन्छ । जसका कारण यो चलचित्रको प्रचार शुरु भएको छैन ।

‘चपली हाइट ३’लाई देशभरका मल्टिप्लेक्सले सुखद शो दिएका छन् । देशकै ठूलो क्यूएफएक्स चेनले यो चलचित्रलाई २६ शो उपलब्ध गराएको छ । बिग मुभिज, वान सिनेमाज, वीएसआर, एफक्युबमा पनि चलचित्रले सुखद् शो पाएको छ ।

निकेश खड्काको निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्रको अघिल्ला दुई सिरिज बक्स अफिसमा सफल भएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS