काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो ।

स्वस्तिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गरेकी होलिन् भन्ने अपेक्षा पनि धेरैमा थियो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । यो चलचित्रमा स्वस्तिमा आइटम गर्लको रुपमा देखिएकी छन् । उनको साथमा कलाकार माओेत्से गुरुङ पनि टिजरमा देखिएका छन् ।

राजीव सेट्टीको निर्देशनमा तयार भएको चलचित्रमा विपिन जर्ज र धर्माजन बोलगाटी छन् । चलचित्रमा नेपालका रमणीय दृश्य हेर्न सकिन्छ । नेपाल घुम्न आएका दुई व्यक्तिको कथामा यो चलचित्र घुमेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS