गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘फूलहरु मगमग’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा मोडल सृजना निङ्लेखुको अभिनय देख्न सकिन्छ ।

कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी सृजनाले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय प्रशिक्षण पनि लिएकी हुन् । भिडियोमा उनले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै गरेको देख्न सकिन्छ ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS