काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज बलिउड चलचित्र हेर्ने दर्शकमाझ पनि ह्वात्तै बढेको छ । उनको पछिल्लो चलचित्र ‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै ८० करोड भारु बढीको कमाइ गरिसकेको छ । योसँगै उनले अभिनय गरेको चलचित्र ‘अला वैकुण्ठपुरमलो’लाई हिन्दी भर्सनमा रिलिज गर्ने तयारी वितरकले गरेका छन् । यो चलचित्र जनवरी २६ तारिखबाट हिन्दी भाषामा रिलिज हुने भएको छ ।

भारतमा कोरोनाको तेस्रो लहरका कारण धमाधम सिनेमा हलहरु बन्द भइरहेका छन् । यसले नयाँ चलचित्रको रिलिज मिति समेत पोष्टपोन्ड भएको छ ।

अब वितरकहरुले अल्लुको क्रेजलाई ध्यानमा राख्दै उनको पुरानो चलचित्रलाई हिन्दी डबमा हलमा रिलिज गर्न लागेका हुन् । त्रिविक्रम श्रीनिवासको निर्देशनमा तयार भएको यो चलचित्रमा अल्लु अर्जुन र पूजा हेग्डेको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS