काठमाडौं । चलचित्र ‘चपली हाइट ३’मा अभिनेत्री सुपुष्पा भट्ट बोल्ड भूमिकामा देखिएकी छन् । डान्स क्लबमा काम गर्ने युवतीको भूमिकामा देखिएकी सुपुष्पाको विकिनी दृश्य समेत चलचित्रमा समावेश छ । चलचित्रमा छोटो तर महत्वपूर्ण भूमिकामा काम गरेकी सुपुष्पाले आफूलाई फरक शैलीमा प्रस्तुत गरेकी छन् । चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’मा उनलाई हेरेका दर्शकले भने ‘चपली हाइट ३’ हेर्दा केही फरक महसुस गर्छन् । किनकि, चलचित्रमा दर्शकले उनलाई हेर्न मात्र पाउँछन्, उनको आवाज सुन्न पाउँदैनन् ।

सुपुष्पाको डबिङ अर्की अभिनेत्री रिस्ता बस्नेतले गरेकी छन् । रिस्ताको आवाज उनको चलचित्र हेरिरहेका दर्शकले सहजै ठम्याउँछन् । सुपुष्पाको भूमिका अनुसार उनको आवाज नमिल्ने भएपछि निर्माणपक्षले उनको विकल्प खोजेको बुझिएको छ ।

अर्जुन कुमारको निर्माणमा तयार भएको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सरकारले माघ १५ गतेसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै यो चलचित्रको रिलिज पनि स्थगित भएको छ । निर्माता अर्जुन कुमारले हल खुलेसँगै चलचित्र फेरि रिलिज हुने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS