काठमाडौं । कोरोना संक्रमणका कारण न्युजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनको बिहे रोकिएको छ । देशमा कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्धका कारण बिहे रोकिएको प्रधानमन्त्री अर्डन स्वयंले आइतबार जानकारी दिएकी हुन् ।

न्युजील्याण्डमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन्, ‘मेरो बिहे अहिले अघि बढ्ने छैन ।’ उनले बिहेको मिति भने सार्वजनिक नगरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । तर उनको बिहे छिट्टै हुन लागेको समाचारहरु सार्वजनिक भएका थिए ।

अकल्याण्डमा आयोजित वैवाहिक समारोहमा सहभागी भएर न्यूजील्याण्ड फर्किएको एक परिवारका नौ सदस्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । त्यसपछि त्यहाँ समुदायमा संक्रमण फैलिने खतरा बढेको भन्दै प्रतिबन्ध घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS