काठमाडौं । बलिउड चलचित्र निर्माता तथा निर्देशक सुनिल दर्शनले गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध एफआईआर दर्ता गराएका छन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उनले गुगलका सीईओ पिचाईसहित गुगल र युट्युबका ६ जना अधिकारीविरुद्ध मंगलबार अदालतमा एफआईआर दर्ता गराएका हुन् ।

सनी देवल र अक्षय कुमारलाई लिएर ‘इनतकाम’, ‘लुटेरे’ र ‘जानवर’ जस्ता चलचित्र निर्माण तथा निर्देशन गरेका सुनिल दर्शनको पछिल्लो चलचित्र ‘एक हसिना थी एक दिवाना था’ हो । यो चलचित्र सन् २०१७ मा रिलिज भएको थियो ।

सुनिल दर्शनले निवेदनमा लामो समयदेखि युट्युबले आफूले निर्माण गरेका चलचित्र र संगीतबाट करोडौं आम्दानी गरिरहेको र आफूलाई त्यस विषयमा कुनै पनि जानकारी र हिस्सा उपलब्ध नगराएको उल्लेख गरेका छन् । आफ्नो अधिकारका लागि ११ वर्षदेखि संघर्ष गरिरहेपनि सुनुवाइ नभएको उनले उल्लेख गरेका छन् ।

उनले प्रतिलिपि अधिकारको विषयमा गुगलका सीईओसँग लामो समयदेखि कुरा गर्न चाहेको, आधिकारिक रुपमा पत्र पनि लेखेको तर सुनुवाइ नभएपछि बाध्य भएर एफआरआई दर्ता गरेको बताएका छन् । गुगलका सीईओ पिचाई भारतीय मूलका अमेरिकी नागरिक हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS