काठमाडौँ । छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाइ मुटुको समस्या छ भनि चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ। र अझ ह्दयाघातको कारणले छाती दुखेको भए, १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ।

छाती दुख्नुको कारणहरु
हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् ।

ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य अध्ययन र अनुभवले देखाएको डा ओम मूर्ति अनिल बताउँछन् । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?
फोक्सोको कारणले छाती दुख्दाः लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर९दायाँरबाँया० करङ्मा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्ने डा अनिलको\ भनाइ छ ।

माँसपेशी वा हड्डीको कारणले छाती दुख्दाः छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।

मुटुको कारणले छाती दुख्दाः छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।

यी रोग हुन सक्छन्
कुनै मानिसलाई अकस्मात् छाती दुख्यो भने र बीचमा नदुखीकन छेउको भागतिर दुखेको छ भने फोक्सोको दुखाइको सम्भावना बढी हुन्छ, जसको निमोथेराक्स वा हावा भरिनु महत्वपूर्ण कारण हो । हावा भरिदैँ गयो भने फोक्सोको अरु भागलाई थिच्छ र मुटुलाई काम गर्न दिँदैन, जसका कारण मानिसको मुत्युसमेत हुन्छ ।

छातीको दुखाइको अर्को महत्वपूर्ण कारण फोक्सोमा पानी भरिनु पनि हो । पानी भरिएर दुखेको छ भने बिस्तारै दुख्दै जान्छ, लामो समय लाग्न सक्छ ।

त्यसैगरी, छातीको दुखाइ फोक्सोको क्यान्सरको लक्षण पनि हो । यदि फोक्सोको क्यान्सर फैलिएर छातीको भित्तालाई छोएको छ भने पनि छाती दुख्ने गर्छ । क्यान्सरका अरु लक्षण नदेखिन पनि सक्छन् । जस्तो कि, खकारमा रगत आउनु, खाना नरुच्नु, मानिस दुब्लाउँदै जानुलगायत लक्षण देखिएर छाती दुखेर आएको मानिसमा पनि क्यान्सर हुने गरेको पाइएको छ ।

फोक्सोका कारण फोक्सोका संक्रमण, क्यान्सरको लक्षण, छातीमा हावा तथा पानी भरिनुजस्ता कुराहरू छातीको दुखाइका कारण हुन् ।

छातीको भित्तामा समस्या भयो भने पनि दुख्ने गर्छ । धेरै मानिसहरू छाती दुखेर डराएर अस्पताल आउने गर्छन् । तर, खासै केही भएको हुँदैन, मसल पेन भएको हुन्छ।

फोक्सोको संक्रमण हुनु निमोनियाको कारण हो । निमोनियाको रोकथामका लागि बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, संक्रमण भएको व्यक्तिभन्दा अलि टाढा बस्ने, आफूलाई संक्रमण छ भने भिडभाडमा नजाने, आराम गर्ने, पौष्टिक खानेकुरा खाने गर्नुपर्छ।

निमोनियाको संक्रमण सबैजनामा हुँदैन । जसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यस्ता मानिसलाई निमोनियाले घेरै दुःख दिने गर्छ । प्रतिरोधात्मक क्षमता भनेको अरु कुनै क्रोनिक बिमारी, जस्तै, सुगर, फोक्सो, मिर्गौलालगायतका बिमारी छ भने डाक्टरको सल्लाहअनुसार नियमित रूपमा उपचार गरिराख्नुपर्छ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS