काठमाडौँ । बसीबसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ ।

यो संगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । पेट घटाउन यी ८ उपाय अपनाउनुस् ।

१.आलस-आलसमा ओमेगा ३ तैलीय एसिड र आइरन हुन्छ । हरेक दिन एक चम्चा आलस खाएर पेट घटाउन सकिन्छ ।

२. कालो तील – एक गिलास पानीमा कालो तील तथा यसको तेलको केहि थोपा र एक चम्चा मह मिसाएर पिउनुस् । दिनको दुई पटक यो प्रक्रिया अपनाउनाले पेटमा बोसो लाग्दैन ।

३. दहि – हरेक दिन एक कचौरा दहि खानुस् । यसमा पाइने क्याल्सियम र कर्टिसोलले हर्मोनको लेभल नियन्त्रण गरि पेट घटाउनमा मद्दत गर्दछ ।

४.बदाम – नियमित रुपमा ४ देखि ५ वटा बदाम खानुस् । यसमा पाइने भिटामिन ई र चिल्लो पदार्थले भोक नियन्त्रण गर्दछ र पेट घटाउनमा सहयोग गर्दछ ।

५.तातो पानी – दिनमा कम्तीमा ३ देखि ४ गिलास तातोपानी पिउनुस् । यसले पेटको बोसो चाडै घटाउने छ ।

६.ग्रिन टी – यसमा प्रशस्त मात्रामा थायनाइन नामक एमिनो एसिड पाइन्छ । एसिडको कारण भोक कम गर्छ र पेटको बोसो कम हुन्छ ।

७. मह-नियमित रुपमा एक गिलास तातोपानीमा मह मिसाएर पिउनुस् । यसले बोसो घट्छ ।

८. नरिवलको पानी – नरिवलको पानीमा पाइने इलेक्ट्रोलाइट्सले मोटोपन र पेटको बोसो कम गर्दछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS