Abhaya Subba

काठमाडौं । सन् २०२३ मा सांगीतिक समूह अभया सुब्बा एण्ड स्टिम इन्जिन्सले २० वर्ष टेक्दैछ । ब्यान्ड स्थापना भएको दुई दशक पुग्नै लाग्दा गायिका अभया सुब्बाले अब आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको बताएकी छन् ।

सन् २००३ मा ब्यान्ड गठन भएयता आफ्नो सांगीतिक करिअरलाई लिएर अभयाको यो ठूलो ‘स्टेटमेन्ट’ हो । ब्यान्डले २० वर्ष टेक्नै लाग्दा सामाजिक सञ्जालमार्फत अभयाले अब आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको उल्लेख गरेकी छन् ।

उनी लेख्छिन्, ‘म केही सोलो प्रोजेक्ट घोषणा गर्दैछु । स्टिम इन्जिन्सको निरन्तरताको लागि मात्र हैन, म आफैंलाई प्रमाणित गर्न पनि गहिरो आवश्यकता छ । म आफैंले संगीत लेख्न, उत्पादन गर्न र सिर्जना गर्न सक्छु भन्ने मलाई थाहा हुनुपर्छ ।’

उनले अब आफू गायिका मात्र भनेर चिनिन नचाहेको बताएकी छिन् । ‘यत्तिका वर्षदेखि मलाई मेरो ब्यान्डले साथ दिंदै आएको छ । तर अब मलाई गायिका भनेर चिनिने आवश्यकता नभएको महसुस हुँदैछ । मैले १९ वर्षदेखि ब्यान्डका अधिकांश गीत लेख्दै र कम्पोज गर्दै आएकी छु ।’

‘लैजाऊ मलाई नितान्त एकल प्रोजेक्ट थियो । तर यतिबेला म केही गीतहरु आफ्ना लागि लेख्न चाहन्छु । मलाई आशा छ कि ब्यान्ड २० वर्ष पुग्नुअघि तपाईंले मेरो इच्छालाई समर्थन गर्नुहुनेछ,’ उनी लेख्छिन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS