Shilpa Shetty

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन्। सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचिएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले लेखेको छ।

शिल्पाले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्। तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन्।

तस्बिरमा उनी अस्पतालमा ह्विलचेयरमा बसेको देख्न सकिन्छ। खुट्टा भाँचिएर ह्विलचेयरमा भए पनि उनले मुस्कुराउँदै तस्बिरका लागि पोज दिएकी छन्।

फोटो राख्दै उनले लेखेकी छन्, ‘रोल, क्यामरा र एक्सन भयो र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर जब फेरि फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु। तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला।’

शिल्पाको यो फोटो देखेर धेरै प्रशसंकले दुःख व्यक्त गरेका छन्। शिल्पाको खुट्टा रोहित शेट्टीको निर्देशनमा बनिरहेको वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङ क्रममा भाँचिएको हो।

रोहितले ‘इन्डियन पुलिस फोर्स’ मार्फत् वेबसिरिज निर्देशनमा हात हालेका छन्। यसमा शिल्पाबाहेक निकितिन धीर, सिद्धार्थ मल्होत्रा लगायतको पनि भूमिका छ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS