Bishnu Majhi

काठमाडौं । तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो ।

उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो । सुन्दरमणीकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युवमा रिलिज भएको छ ।

केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शकीय प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ ।

संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक र श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन । भिडियो कम्पोज र कोरियोग्राफी पनि दुरुस्तै भएकाले सामाजिक संजालमा यसलाई लिएर आलोचना पनि भएको छ ।

माझीको तीज गीत अब युट्युव प्लेटफर्ममा मात्र सीमित नरहेर यसपटकदेखि स्पटीफाइ, एप्पल म्युजिक, टाइडल, अमेजन म्युजिक, युट्युव म्युजिकमा पनि उपलब्ध छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS