Dog

काठमाडौँ, वर्षभरि तपाईं र घरको रक्षा गर्ने यी माया`लाग्दा प्राणीलाई तिहारको दोस्रो दिन विशेष सत्कार गरिन्छ।हिन्दु धर्मकथाअनुसार भैरवको बहान मानिने कुकुरलाई हाम्रा महाकाव्यहरूमा पनि उत्तिकै स्थान दिइएको छ। ती महाकाव्यलाई ध्यान दिएर पढ्ने हो भने कुकुर र देवता बीचको मित्रता प्रष्टै झल्किन्छ।

यो निकट मित्रता आज पनि संसारभर कायम छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु र मान्छेको भावना महशुस गर्न सक्नु कुकुरको मुख्य खुबी हो। यसले मान्छे र कुकुरबीचको भावनात्मक सम्बन्ध झनै बलियो बनाएको छ। कामले थकित भएर घर फर्कँदा तिनका चम्किला आँखा आफ्नो पर्खाइमा बसिरहेको हेर्ने चाहना कसको नहोला?

आफू दुःखी हुँदा तिनका अनुहारले सबै पीडा भुलाइदिन्छ। कसैले साथ नदिँदा मनको विरह बिना प्रश्न सुनिदिने तिनै प्राणी हुन्छन्। त्यसैले पनि कुकुरलाई किन ‘मानिसको मिल्ने साथी’ भनिएको सजिलै अनुमान लगाउन सकिन्छ।यिनै विशेषताको कारण घरमा कुकुर पाल्नेको संख्या बढ्न थालेको छ। हाम्रा यी निकट जनावर मित्रबारे अन्य थुप्रै कुरा छन् जुन कतिपयलाई थाहा नहुन सक्छ।

यिनका विभिन्न प्रजातिकै विषयमा पनि धेरैलाई ज्ञान छैन। हामीले घर–टोलमा देखिरहेका बाहेक बजारमा पाउने कुकुरका प्रजाति देखे–सुने पनि यिनका फरक विशेषताको बारेमा जान्नु पक्कै अलमल हुन्छ। भौगोलिक रूपले भिन्नता देखिने भएकाले सबै जातका कुकुर एउटै देशभित्र पाउने सम्भावना हुँदैन। तर केही विदेशी कुकुरहरू यहाँ पाइन्छन् जो यहाँको वातावरणमा सह`जै घुलमिल हुन्छ।

तर आयातित कुकुरको मूल्य धेरै हुन्छ। तिनीहरूलाई विशेषता र सीपको आधारमा महँगो र सस्तो वर्गमा छुट्टाइएको हुन्छ। के तपाईं घरमा यी प्यारा जनावर साथी ल्याउने सोच्दै हुनुहुन्छ? सोच्दै हुनुहुन्छ भने यसका प्रजातिबारे केही सामान्य जानकारी राख्दा राम्रो हुन्छ। यस पटकको कुकुर तिहा`रमा हामी नेपाली बजारमा पाइने विभिन्न प्रजातिका कुकुर र तिनका मूल्यबारे चर्चा गर्दैछौं।

पग – पग अन्य सामान्य देखिने कुकुरभन्दा फरक र विशेष देखिन्छन्। यिनका साना शरीर, छोटो अस्पष्ट अनुहार र घुमाउरो पुन्टे पुच्छर नै मानिसलाई आकर्षित गराउने पक्ष हो। पहिलो पटक चीनमा देखा परेका यी प्रजातिको माग सबै देशमा छ। यिनलाई मिलनसार र कोमल स्वभावका कुकुर भनेर चिनिन्छ। नेपालमा सानो पगको मूल्य पन्ध्र हजार रूपैयाँबाट सुरु हुन्छ।

डाल्माटियन – डाल्माटियन मध्यम आकारका कुकुर हुन्, जुन आफ्नो सेतो शरीरमा भएको सुन्दर कालो थोप्लाका कारण प्रख्यात छन्। यिनको उत्पत्ति क्रोएसियामा भएको मानिन्छ।

सन् १९६१ मा वाल्ट डिस्नीले ‘डाल्माटियन १०१’ नामक कार्टुन फिल्म बनाएको थियो। जसले डाल्माटियन प्रजातिका कुकुरको माग संसारभर व्यापक भयो। नेपाली बजारमा यिनको मूल्य दसदेखि बीस हजार रूपैयाँसम्म छ।बक्सर- बक्सर जमर्नीमा विकसित कुकुरको प्रजाति हो। बलियो शरीर र सक्रिय स्वभावका कारण यी प्रजातिलाई पहिले शिकार गर्न प्रयोग गरिन्थ्यो।

यिनीहरू ऊर्जावान् र चञ्चल हुनुको साथै बालमैत्री स्वभावका हुन्छन्बक्सर शारीरिक रुपमा बलियो हुने भएकाले यिनलाई पर्याप्त व्यायामको आवश्यकता हुन्छ। यस प्रजातिको मूल्य बजारमा १८ देखि ३५ हजार रूपैयाँसम्म छ। जापानिज स्पिट्ज – हेर्दा सेतो हिउँ`को डल्लो देखिने यी प्रजातिका कुकुर सानोदेखि मध्यम आकारका हुन्छन्। जापानको नयाँ जातमा पर्ने यी कुकुर अनुकूल स्वभावका कारण संसारभर रुचाइन्छ। नेपालमा यिनको मूल्य सात हजार रूपैयाँबाट सुरु हुन्छ।

पोमेरानियन – सानो गुडिया जस्तै देखिने यो कुकुर पनि स्पिट्ज जातिमा पर्छ। यो कुकुरलाई जर्मन स्पिट्जको नामले पनि चिनिन्छ। पोमेरानियन १८ औं शताब्दीदेखि लोकप्रिय मानिँदै आएको कुकुर हो।

बेलायती रानी भिक्टोरियाले समेत त्यो समय एउटा पोमेरानियन कुकुर पालेकी बताइन्छन। जसले गर्दा यसको चर्चा झनै बढेको हो।नेपालमा पनि केही समययता यो जातको कुकुर पाल्ने चलन बढिरहेको छ। बजारमा यसको मूल्य ३५ हजारबाट सुरू हुन्छ र जात अनुसार करिब ८० हजारसम्म पनि पर्न सक्छ । कुकुरको अचम्मको इमान्दारीताको भिडियो ।

भिडियो

तपाईको प्रतिक्रिया

RELATED POSTS