Bag

दक्षिण कोरियाको एउटा नागरिक अदालतले हालै एक ३१ वर्षीय पुरुषलाई आफ्नी पूर्व प्रेमिकालाई उनको डिजाइनर ह्यान्डब्यागमा पिसाब गरेकोमा १।५ मिलियन वन (१,१५० डलर) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।  यो घटना गत अक्टोबरको हो, जब यस मुद्दाका प्रतिवादी, दक्षिण कोरियाको सोउलका नाम नखुलाइएका ३१ वर्षीय पुरुष कथित रूपमा आफ्नी प्रेमिकासँग विवादमा परे ।

यी दुई गङ्गनाम–गु स्थित प्रेमिकाको घरमा थिए र उनीहरुबीच झगडा सुरु भयो । युवतीले अत्यधिक पैसा खर्च गरिरहेको र उनको यो बानीले ऋणमाथि ऋण थपिएको भन्दै ती पुरुषले असन्तुष्टि पोखिरहेका थिए । झगडाकै बीच ती व्यक्ति शयनकक्षमा गए र त्यहाँबाट आफ्नी प्रेमिकाको लुई भिटनको ब्याग लिएर आए, पाइन्ट खोले र उनकै अगाडि ब्यागमा पिसाब गरिदिए । उनलाई यो कुरा यति मन परेन कि उनले यस्तो कृत्य विरुद्ध प्रहरीमा उजुरी नै दिइन् ।

दक्षिण कोरियाली मिडिया समाचार आउटलेटका अनुसार, ती व्यक्तिले सुरुमा आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरे । प्रहरीसमक्ष आफूले पिसाब फेरेको जस्तो नाटक मात्र गरेको बताए । तर उनको लागि दुर्भाग्य नै भनौँ, अनुसन्धाताले उनको कुरा यत्तिकै विश्वास गरेनन् । यसको साटो नेशनल इन्स्टिच्युट अफ फरेन्सिक साइन्सलाई ब्यागभित्रबाट लिइएको स्याम्पल अनुसन्धान गर्न निर्देशन दिइयो ।

परिणाम स्पष्ट थियो । ती पुरुषले उक्त ब्यागमा डियोडोरेन्ट पनि छर्किए तर स्याम्पल अनुसन्धानले पिसाब नै भएको निष्कर्ष निकाल्यो जुन उनको डिएनएसँग पनि मेल खायो । उनीविरुद्ध यति धेरै प्रमाण भेटिएपछि उनले कसैगरी आफ्नो गल्ती स्वीकार गर्नैपर्यो ।

स्विकारोक्तिपछि ती पुरुषका पूर्ण प्रेमिकाले उनलाई क्षतीपूर्तिका लागि अदालतसम्म पुर्याइन् । सोउल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टका न्यायाधिश पार्क हाई–रिमले ती पुरुषलाई लुई भिटनको ब्याग बिगारिदिएको भन्दै १.५ मिलियन वन (११,५० डलर) क्षतिपूर्ति दिन आदेश दियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS