Harassment

केरलाको कोझिकोडको एक सेसन कोर्टले गत हप्ता यौन दुर्व्यवहारमा परेकी महिलाले ‘यौन उत्तेजक’ कपडा लगाएको भन्दै अभियुक्तलाई जमानत दिएको छ । अदालतको यो फैसलापछि कानुन जगतमा चर्को आक्रोश छ । कोझिकोड सेसन कोर्टका न्यायाधीश एस कृष्ण कुमारको निर्णय अगस्ट १२ मा आएको थियो, जसका कागजातहरू बुधबार सार्वजनिक गरिएको थियो ।

अदालतको फैसलामा भनिएको छ, ‘अभियुक्तले जमानतको निवेदनसँगै पेश गरेको फोटोले थाहा हुन्छ कि उजुरीकर्ताले जुन लुगा लगाएकी थिइन्, त्यो यौन उत्तेजक थिए ।’ यसैकारण न्यायाधीशले माने कि अभियुक्त सिविक चन्द्रन उर्फ सिवी कुट्नविरुद्ध आइपीसीको धारा ३५४ ए अन्तर्गत यौन उत्पीडनको मुद्दा लाग्दैन । अभियुक्त चन्द्रन लेखक तथा अभियन्ता हुन् ।

अदालतले उनीहरूबीच शारीरिक सम्पर्क नभएको स्वीकार गर्दै ७४ वर्षको उमेरका र शारीरिक रूपमा अशक्त व्यक्तिले जबरजस्ती उजुरीकर्तालाई काखमा बसाएर छाती छुन सक्छ भन्ने कुरा मान्न नसकिने बताएको छ ।

यस निर्णयको १० दिनअघि पनि ४२ वर्षीया एक महिलाको यौन उत्पीडनको दोस्रो आरोपमा सीवी कुट्टनलाई तिनै न्यायाधीश एस कृष्ण कुमारले जमानत दिएका थिए । उक्त मुद्दाको फैसलामा न्यायाधीशले भनेका थिए, ‘पीडित दलित हो भन्ने राम्ररी थाहा पाउँदा पाउँदै अभियुक्तले उनलाई छोएको भन्ने कुरा पत्याउनै नसकिने कुरा हो ।’

यस निर्णयबारे केरला उच्च अदालतका पूर्व न्यायाधीश कमल पाशाले बीबीसी हिन्दीलाई भने, ‘न्यायाधीशले यस निर्णयमा पीडितमाथि आपत्तिजनक टिप्पणी गरेका छन् । उनको दृष्टिकोण पूर्णतया ‘पुरुष वर्चस्ववाद’ छ । आदेशमा उनले पीडितको कपडालाई दोषी देखाउँछन् । उनले यस्तो टिप्पणी कसरी गर्न सक्छन् ?’

जस्टिस पाशाले थपे, ‘७४ वर्षीय पुरुषले महिलालाई यौन शोषण गर्न सजिलो छैन भनेर न्यायाधीशले कसरी भन्न सक्छन् ? धेरै वर्ष पहिले मेरो अगाडि एउटा केस आयो, जसमा एक ७८ वर्षीय पुरुषले ८८ वर्षीया महिलालाई बलात्कार गरेका थिए । यस्ता घटनाको उमेरसँग कुनै सरोकार हुँदैन ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS