police & Indian Women

भारतको नोएडास्थित एक महिलाको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भिडियोमा यी महिलाले सुरक्षाकर्मीसँग अभद्र व्यवहार र गाली गलौज गरिरहेको देखिएकी छिन् । सुरक्षाकर्मीलाई मुख छोडेर गाली र्ने र धम्काउने यी महिलालाई प्रहरीले हिरासतमा लिएको छ ।

यो भिडियो नोएडाको सेक्टर १२६ को एउटा कोलोनीको बताइएको छ । महिलाले भद्दा गाली गरिरहेकी छिन् र बीच–बीचमा उनले आफ्नो हात पनि चलाइरहेकी छिन् ।

सोसल मिडियामा भएको जानकारी अनुसार कोलोनीको गेटमा तैनाथ एक सुरक्षाकर्मीले गेट खोल्न ढिला गरेका कारण महिला रिसाइन् । त्यसपछि उनले सुरक्षाकर्मीलाई तथानाम गाली गर्न सुरु गरिन् । उनले केही इसारा पनि गरिन् जुन अपाच्य थिए ।

कसरी सुरु भयो विवाद ?

यी महिला असाध्यै रिसाएकी थिइन् । गार्डले महिलालाई सम्झाउने कोसिस गरे तर महिलाले थप मुख छोड्न सुरु गरिन् त्यसपछि आपत्तिजनक इशारा पनि गरिन् ।

कसरी सार्वजनिक भयो घटना ?

जतिबेला यी महिलाले गेटको गार्डमाथि दुर्व्यवहार गरिरहेकी थिइन् त्यतिबेला अन्य गार्ड पनि थिए । तीमध्ये एक गार्डले यो घटनाको भिडियो बनाए र सोसल मिडियामा पोस्ट गरिदिए ।

यी महिलाले ती सुरक्षाकर्मीलाई ‘बिहारी’ भनेर अपमानित गरिरहेको पनि देखिएकी छिन् । भिडियोमा उनले भनेकी छिन्, ‘बिहारमा गार्ड यस्तै हुन्छन् ।’

प्रहरीले दर्ता गर्यो मुद्दा

नोएडा प्रहरीले यो भिडियो भाइरल भएलगत्तै तुरुन्तै कारवाही गर्दैै अनुसन्धान सुरु गरेको थियो ।

नोएडा प्रहरीका अनुसार भिडियोमा गाली गलौज गर्ने महिलालाई सोधपुछका लागि उनलाई हिरासतमा लिइएको छ ।

कोलोनीका सेक्रेटरी अंकित कुच्छलले दिएको जानकारी अनुसार कोलोनीका सुरक्षाकर्मीले एउटा निवेदन दिएका छन् र त्यसपछि एफआईआर दर्ता भएको छ । ती महिला कोलोनीमा भाडामा बस्ने गरेको र तीन–चार महिना अघि त्यहाँ आएको अंकितले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS