Aakash & Pooja Sharma

काठमाडौं । यस्तो लाग्छ, पूजा शर्मा र गसिप एकअर्काका पर्याय नै हुन् । उनी जे बोल्छिन्, त्यसलाई गसिपले पछ्याउँछ । रोएर फिल्म चलाएको भनेर आलोचित उनले अब भने नरोएरै फिल्म चलाउने बताएकी छन् । भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा पूजाले अब भने नरोइ फिल्म चलाउने दाबी गरिन् । खासगरी ‘म यस्तो गीत गाउँछु २’को क्रममा उनलाई रोएरै फिल्म चलाएको भन्दै ट्रोल चलेको थियो ।

पूजाको यस्तो तर्कमा निर्देशक सुदर्शन थापाले पनि सहमति जनाए । ‘म यस्तो गीत गाउँछु २ को समयमा पूजा रुनुको कारण सबैलाई थाहा छ । यदि रोएर फिल्म चल्थ्यो भने पूजाले फिल्म चलेको चार-पाँच दिनसम्म रोइरहेको भए भइहाल्थ्यो नि । उता निर्माता रोइरहेका छन्, कलाकारले रोएर फिल्म चलाए त भइहाल्यो नि ।’

कलाकार कराउनुभन्दा फिल्म नै राम्रो हुनपर्ने पूजाको धारणा छ । उनी भन्छिन्, ‘फिल्मको कन्टेन्ट रुचाउने वा नरुचाउने भन्ने कुरा त दर्शकमा निर्भर हुन्छ । कलाकारले त अभिनय गर्ने हो । फिल्म राम्रो छ भने अवश्य पनि चल्छ । फिल्म नै राम्रो छैन भने कलाकार जति कराए पनि चल्दैन ।’

फिल्म फण्डाले नभई कन्टेन्टले चल्ने पूजाको कथन छ । प्रकाशको पत्रकार सम्मेलनमा प्रदीपले आफूले हाँसेरै फिल्म चलाउने बताएका थिए । पूजाले पनि प्रदीपलक्षित सटायर त गरिन् तर नाम भने लिइनन् । पूजाले आफू स्टारडममा विश्वास नगर्ने कलाकार समेत भएको बताइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS