Najib Razak

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा १२ वर्षका लागि जेल चलान भएका छन् । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गरेको हो । यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो ।

एसआरसी इन्टरन्याश्नलबाट उनको खातामा ४ करोड २० लाख रिङगिट रकम पठाएको पाइए पनि उनले निरन्तर आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए । ६९ वर्षीय नजिब त्यतिबेला अपीलपछि जमानतमा रिहा भएका थिए ।

अदालतले आफूविरूद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अस्वीकार गरदिएको छ । उच्च अदालतको पछिल्लो फैसलासँगै उनले १२ वर्ष जेल बिताउनुका साथै २१ करोड रिङ्गिट जरिवाना पनि तिर्नुपर्नेछ । कुनै बेला मलेसियाको राजनीतिमा चर्चाको शिखरमा रहेका नजिब मलेसियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS