Raju Lama

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् ।

गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए ।

फुजीको चुचुरोमा पुग्न आफूलाई सात घण्टा लागेको उनले बताए । फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए । ‘चुचुरोमा गीत गाउने क्षण निकै सुन्दर थियो । माउन्ट फुजीको चुचुरोमा पुग्ने योजना पहिल्यैदेखि हो र अन्ततः त्यहाँ पुगें,’ उनले भने । अलग-अलग हिमालहरु चढ्नुको उद्देश्य संसारभर जलवायु परिर्वतनले पारेको असरविरुद्धको सन्देश भएको राजुले बताए । फुजी आरोहणअघि लामाले राजधानी टोकियोमा भव्य कन्सर्ट समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS