Photo

सोसल मिडियामा महिलालाई अपरिचित व्यक्तिहरुले ब्लाकमेल गर्ने गरेका घटनाहरू निरन्तर सार्वजनिक हुने गरेका छन् । महिलाहरूका निजी जानकारीहरू तथा आपत्तिजनक तस्वीरहरू समेत सोसल मिडिया साइट रेडिटमा शेयर हुने गरेका छन्। बीबीसीले एकजना यस्तै ग्रुप चलाउने व्यक्तिको खुलासा गरेको छ ।

पाँच पाउण्डमा यिनको नग्न तस्वीर उपलब्ध छ, मलाई मेसेज गर्नुहोस् । मसँग केही अश्लील भिडियो पनि छन् । हामी योसँग के गर्नेवाला छौं ।

त्यहाँ हजारौं तस्वीरहरु थिए । महिलाहरूका नग्न तथा कम वस्त्र लगाएर खिचाएका हजारौं तस्वीरहरु, जसको सूचि समाप्त भएकै थिएन ।

त्स्वीरको मुन्तिर पुरुषका अश्लील टिप्पणी, जसमा बलात्कारको धम्की पनि थियो । त्यस्ता धम्कीका शब्दहरू यहाँ उल्लेख गर्न पनि सकिंदैन ।

एकजना साथीको सहयोगले म त्यहाँसम्म पुगेकी थिएँ । उनको एउटा तस्वीर इन्स्टाग्रामबाट लगेर रेडिटमा हालिएको थियो । त्यो वास्तवमा नग्न तस्वीर थिएन, तर रेडिटमा उक्त तस्वीरमा समेत विभिन्न अश्लील टिप्पणी गरिएको थियो । ती मित्र आफ्नै लागि र अन्य महिलाहरुको लागि समेत चिन्तित थिइन् ।

जब मलाई उक्त बजारका बारेमा थाहा भयो, तब मैले देखें कि सयौं प्रोफाइलहरू त्यहाँ उपलब्ध छन् जसलाई शेयर गरिंदैछ र बेचिंदैछ । ती सबैलाई सम्बन्धित महिलाको अनुमतिविना नै त्यहाँ पोस्ट गरएको हो ।

रिभेन्ज पोर्नको संसार

यस्तो लाग्थ्यो कि रिभेन्ज पोर्नको नयाँ दुनियाँ सुरु भएको छ, जहाँ निजी जानकारीहरू अनुमतिविना नै शेयर भैरहेका छन् । आमरुपमा पूर्व पार्टनरहरुले रिस र प्रतिशोधमा यस्तो काम गर्ने गर्दछन् । तस्वीरसँगै फोन नम्बरलगायतका अन्य जानकारीहरु पनि मानिसहरु एक आपसमा शेयर गरिरहेका छन् ।

मलाई लाग्यो कि म इन्टरनेटको कुनै अँध्यारो कुनमा आएकी छु । तर यी सबै सोसल मिडिया प्लाटर्फममा भैरहेका थिए । रेडिटले आफूलाई इनटरनेटको पहिलो पाना दाबी गर्दछ ।

हरेक दिन पाँच करोड मानिसहरु रेडिटको प्रयोग गर्दछन् । यसका प्रयोगकर्ताहरु फोरम चलाउन सक्दछन् जसलाई सबरेडिट्स भनिन्छ । प्रयोगकर्ताका यस्ता उपसमूहहरु विभिन्न मुद्दामा आधारित भएर बनाइन्छ । अधिकांस सबरेडिट हानिकारक हुँदैनन् । तर रेडिटमा अश्लीलता फैलाउने काम पनि यिनीहरुले नै गरेको पाइन्छ ।

सन् २०१४ मा विभिन्न सेलिब्रेटीहरुका निजी तस्वीरहरु रेडिटमा शेयर गरिएको थियो । त्यसको तीन वर्षपछि कम्पनीले डिप फेकको प्रयोग गर्ने केही ग्रुपलाई बन्द गरेको थियो ।

महिलाहरूका अन्तरंग तस्वीरहरू अहिले पनि रेडिटमा कसरी शेयर भैरहेका छन् भनेर मैले बुझ्न चाहेकी थिएँ । साथै त्यसको पछाडि को छ भनेर पनि मैले जान्न चाहेकी थिएँ । रेडिटको प्रतिबन्धले कुनै पनि काम गरेको छैन भन्ने मैले बुझिहालें । हामीले बेलायतमा दर्जनौं सबरेडिट सञ्चालनमा रहेको फेला पार्‍यौं ।

मैले सुरुमा दक्षिण एसियाली महिलाहरुको बारेमा बुझ्न चाहें । अधिकांश अंग्रेजी, हिन्दी, उर्दु तथा पन्जाबीमा टिप्पणीहरू एकै समुदायका पुरुषहरुले गरिरहेका थिए । केही महिलाहरूको सोसल मिडियामा ठूलो संख्यामा फ्लोइङ थियो त्यसैले मैले उनीहरुलाई चिनेँ । कतिपयलाई मैले व्यक्तिगत रुपमै चिन्दथें ।

हजारौं नग्न तस्वीर

त्यहाँ १५ हजार भन्दा धेरै तस्वीर थिए । हामीले त्यसबाट १ हजारको नमुना लियौं । त्यसमा डेढसय जना फरक-फरक महिलाहरुका तस्वीर प्राप्त भए । साथै त्यसमा अमानवीय यौन टिप्पणीहरु पनि थिए । मलाई थाहा थियो कि यी सबै महिलाहरुको अनुमति विना नै भैरहेको थियो ।

कैयन् महिलाहरुका तस्वीर अन्य सोसल मिडियाबाट लिइएको थियो । ती अश्लील थिएनन् । तर ती तस्वीरमाथि निकै अश्लील टिप्पणी गरिएका थिए ।

तस्वीरमा भएकामध्ये एकजना महिलासँग हामीले सम्पर्क गर्‍यौं । उनले इन्स्टाग्राममा क्रप टप पहिरिएको एक तस्वीर पोस्ट गरेपछि उनलाई बलात्कारको धम्की आउन थालेको बताइन् ।

सबरेडिटमा रहेका पुरुषहरू पनि महिलाका नग्न तस्वीर शेयर गरिरहेका थिए र बेचिरहेका थिए । ती सेल्फी जस्तै देखिन्थे जो कि सार्वजनिक प्रयोगका लागि खिचिएका थिएनन् । महिलाका यस्ता भिडियोहरु पनि थिए जुन सेक्सका बेला गोप्य रुपमा खिचिएका जस्तो प्रतित हुन्थ्यो ।

मैले तिमीलाई फेला पार्नेछु

एक मेसेज थ्रेडमा नग्न महिलाहरुको मुखमैथुन गरिरहेको तस्वीर थियो । एउटा मेसेजमा लेखिएको थियो : कसैसँग कुनै भिडियो छ । ती मेसेजमा विभिन्न अपशब्द पनि प्रयोग गरिएकेा थियो ।

त्यसमा अर्को व्यक्तिले लेखेका छन् : मसँग पाँच पाउण्डमा पूरै फोल्डर छ, विभिन्न तस्वीरहरु सँगै ।

अर्का प्रयोगकर्ताद्धारा सोधिएको छ : उसको सोसल प्रोफाइलका बारेमा बताउनुहोस् त।

आयशा (परिवर्तिन नाम) लाई आफ्नो भिडियो गतवर्ष सबरेडिटमा हालिएको थाहा भयो । उनको पूर्व पार्टनरले त्यो भिडियो बनाएको थियो । सोसल मिडियामा उनको विभिन्न प्रकारले शोषण भयो ।

रेडिटमानिसहरूले उनीहरूसँग सेक्स नगरेमा आफ्ना तस्वीरहरू बुवाआमालाई पठाइदिने भनेर आफूलाई धम्की दिने गरेको आयशा बताउँछिन् ।

धम्कीमा भनिन्थ्यो : मैले तिमीलाई फेला पार्नेछु, तिम्रो बलात्कार गर्नेछु ।

एकजना पाकिस्तानी युवती हुनुका कारणले उनको समुदायमा सेक्ससँग सम्बन्धित कार्य स्वीकार्य हुँदैनथ्यो ।

उक्त घटनापछि आयशा घरबाट निस्किन तथा मानिसहरुसँग भेटघाट गर्न छाडिन् । उनले आत्महत्याको कोसिस पनि गरिन् । त्यसपछि उनले घटना खास के भएको हो भनेर बुवाआमासँग भन्न बाध्य भइन् । त्यो थाहा पाएपछि उनका बुवाआमा डिप्रेसनमा गए ।

आयशाले रेडिटसँग धेरैपटक सम्पर्क गरिन् । एकपटक रेडिटले उनकेा अनुरोधमा एउटा भिडियो तुरुन्तै हटाइदिएको थियो । तर दोश्रो चाहीँ हटाउनका लागि ४ महिना लाग्यो । तर कुरा यत्तिमा सकिएन । त्यहाँ हटाइएका सामाग्रीहरु पहिले नै अन्य सोसल मिडिया साइटमा शेयर भैरहेका थिए र सबरेडिटमा पुनः देखिन थाले ।

आयशालाई लज्जित तथा दुखी बनाउने उक्त सबरेडिट जिम्पोम्याड नामक व्यक्तिले चलाइरहेको थियो । सोही नामबाट उसलाई ट्रयाक गर्न सकियो ।

जिम्पोम्याडले सबरेडिटको मोडेरेटरको रुपमा त्यहाँ रेडिटका सबै नियम पालना भैरहेको कुरा जाँच गर्ने जिम्मा थियो । तर उसले उल्टो गरिरहेको थियो ।

कलेक्टर कल्चर

उसलाई सबरेडिटमा ट्रयाक गर्ने क्रममा मैले पत्ता लगाएँ कि उसले तीनवटा नयाँ संस्करण तयार पारिसकेको रहेछ । हरेक पटक एउटा नयाँ नाम, र त्यसमा नश्लीय टिप्पणी पनि सामेल थिए । सबै सबरेडिटमा एउटै खालका सामाग्रीहरु थिए र हजारौँ एक्टिभ युजर्स पनि थिए ।

व्यापारका लागि नग्न तस्वीरको प्रयोग यतिधेरै भएको छ कि जानकारहरुले यसलाई कलेक्टर कल्चरको नाम दिएका छन् ।

क्लेयर म्याग्लिन डरहम विश्वविद्यालयका प्राध्यापक हुन् । उनका अनुसार यो कुनै एकजना विकृत मानसिकता भएकेा मानिसको काम होइन । यसमा हजारौँ हजार मानिस संलग्न छन् । यस्तो व्यापार एपसँगै वेबसाइटहरुमा स साना निजी च्याट समूहमा समेत हुने गर्दछ, र त्यहाँ दशौँ हजार पूरुषहरु जम्मा हुने गर्दछन् ।

एनका अनुसार यस्ता तस्वीरको वृहत संग्रह गर्ने व्यक्तिलाई पहिचान समेत प्राप्त हुन्छ । त्यसैले इन्टरनेटबाट यस्ता भिडियो तथा तस्वीर पूर्णरुपमा हटाउन मुस्किल हुन्छ । एकातिर डिलिट गरिएका सामाग्री लगत्तै अर्को कुनै ग्रुपबाट पोस्ट भइहाल्दछन् ।

रेडिटले के गरिरहेको छ प्रयास ?

रेडिटबाट आफ्नो तस्वीर हटाउने कोसिस गरिरहेका सातजना महिलाहरुले बताए अनुसार रेडिट कम्पनीले उनीहरुलाई सहयोग गर्नका लागि पर्याप्त कदम उठाइरहेको छैन । ती मध्ये चार जनाले आफ्ना अश्लील सामाग्रीहरु रेडिटले कहिल्यै पनि नहटाइदिएको बताए भने अन्यले चाहीँ आफ्नो सामाग्री हट्नका लागि ८ महिनासम्म लागेको बताए ।

रेडिटले भने आफूले गतवर्ष मात्रै ८८ हजारवटा यस्ता गैर सहमतिवाला अश्लील तस्वीर हटाएको दाबी गरेको छ र यस्तो घटनालाई गम्भीरतापूर्वक लिने बताएको छ ।

यसका लागि अटोम्याटिक उपकरणको प्रयोग गर्ने र अनुमति विना प्रकाशित तस्वीरहरु खोज्न र हटाउनका लागि कर्मचारीहरुको एक टिम रहेको सको दाबी छ । यस्ता विभिन्न ग्रुपहरुमाथि प्रतिबन्ध पनि लगाइएको छ ।

कम्पनीका प्रवक्ताले भनेका छन् : हामीलाई थाहा छ कि यस्ता सामाग्रीहरु खोज्ने, पहिचान गर्ने र त्यसमाथि कारवाही गर्नका लागि हामीले अझै धेरै काम गर्नुछ । छिटै गर्नुपर्दछ र उत्तम तरिकाले गर्नुपर्दछ । हामीले हाम्रो टिम र टूलले यसका लागि उत्कृष्ट तरिकाले कसरी काम गर्न सक्दछ भनेर बुझ्ने कोसिस गरिरहेका छौं ।

बीबीसीले सबरेडिट चलाउने हिमेश सिंघाडिया नामका व्यक्तिसँग सम्पर्क गरेपश्चात् उनले उक्त सबरेडिट डिलिट गरे । एक बयानमा उनले दक्षिण एसियाली महिलाहरुको सह्राना गर्नका लागि आफुले ग्रुप बनाएको दाबी गरे । उक्त ग्रुपमा जोडिएका मानिसको संख्या निकै धेरै भएकोले सबैलाई नियन्त्रण र सम्पादन गर्न मुस्किल भएको उनको भनाइ छ । आफूले कहिल्यै पनि अश्लील सामग्री शेयर नगरेको भन्दै उनले भनेका छन् : जिम्पोम्याड आफुले उठाएका कदमबाट दु:खी छ र यो उनको वास्तविक परिचयको हिस्सा होइन ।

रेडिटले हामीले उजुरी गरेका विभिन्न सामाग्रीहरु पनि हटाएको छ ।

इसको अर्थ के हो भने हजारौं महिलाका तस्वीर उसले हटाउने गरेको छ । तर यसबाट ठूलो राहत मिल्नेछैन । प्रविधि कम्पनीहरु तथा कानून बनाउने निकायहरुले महिलाहरुको सहयोगका लागि ठोस कदम उठाउनु पर्नेछ । बीबीसीबाट

तपाईको प्रतिक्रिया

RELATED POSTS