काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।

उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् ।

महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS