Women Face

काठमाडौँ । उमेर ढल्किँदै गएपछि अनुहार , हात ,गोडा र शरीरमा पर्ने चाउरीलाई अधिकांश मानिसले सजिलै स्वीका गर्दछन्। तर जवानीमै छला चाउरियो भने निकै तनाव निम्तिन्छ । कतिपय व्यक्ति जवानीमै चाउरिएको अनुहार लिएर हिाड्न बाध्य छन्। आखिर किन चाउरिन्छ छाला ? चाउरिपन आउन नदिन के गर्न सकिन्छ ? र निम्तिसकेको चाउरीको समाधान के हुनसक्छ ? छालारोग तथा सौन्दर्य विशेषज्ञ डा.राजन ताझियाले जवाफ दिएका छन् ।

चाउरी पर्ने कारण

छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन् । यी फाइबरको काम छालालाई सपोर्ट दिने हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोड्न थाल्छ । छाला कमजोर र केही लचकदार हुँदै जान्छ । कलेजिन र इलास्टिन निकै नै कम भएपछि छालाले पूरै ठाउँ छोड्छ र चाउरी पर्छ । बुढेसकालमा कलेजिन र इलास्टिन प्राकृतिक रूपमै कम हुँदै गएर चाउरी पर्छ । बूढा व्यक्तिहरूको छाला पातलो र सुक्खा हुने भएकाले चाउरी पर्ने खतराबाट जोगाउन गाह्रै हुन्छ । कम उमेरका व्यक्तिको छाला चाउरी पर्दा पछाडितिर सोहोरिन्छ भने बुढाबुढीको तलतिर झोल्लिने गर्छ ।

जवानीमै चाउरी

जवानीमै छाला चाउरी पर्नुका पछाडि विभिन्न कारण छन् । उमेरमै छाला चाउरी पर्नुको प्रमुख कारण सूर्यको अल्ट्राभाइलेट किरणको प्रभाव हो । अल्ट्राभाइलेट किरणले कलेजिन र इलास्टिन फाइबर घटाउन भूमिका खेल्छ । त्यसैले घामको सीधा किरणमा रहेर नियमित काम गर्नेलाई कम उमेरमै चाउरीपनको सम्भावना बढी हुन्छ । नियमित धुम्रपान गर्ने व्यक्तिलाई पनि चाउरीपन चाँडै निम्तिन्छ । डिहाइड्रेसन र वातावरणको प्रभाव पनि चाउरी पर्ने अन्य कारण हुन् । कतिपयमा चाउरी पर्ने कारण जेनेटिक पनि हुन्छ ।

सम्बन्धमा तनाव

लगातार हाम्रा नजिकका मान्छेसँग तनाव बढ्ने गर्यो भने हाम्रो शरीरमा त्यस्ता हर्मोनहरु उत्पादन हुन्छन् जसले स्वास्थ्यलाई हानि पुर्याउँछ र तनाव बढाउँछ । यसका कारणले हाम्रो छालामा समयभन्दा पहिले नै चाउरीपना आउन थाल्छ ।

बिहानको खाजा नखाने

बिहानको खाजा नखाने मानिसलाई दिनभरि थकान र कमजोरी महसुस हुन्छ । यसले शरीरमा विभिन्न रोग पैदा गराउँछ अनि हामी समयभन्दा पहिले नै बूढो देखिन थाल्छौँ ।

लगातार बसिरहनाले

लगातार घन्टौँसम्म एकै स्थानमा बसिरहनाले खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । पाचन प्रणालीमा समस्या आउने भएपछि मोटोपना देखा पर्छ । यस्तोमा हाम्रो शरीर चाँडै रोगले ग्रसित हुन्छ अनि हामी छट्टै बूढो देखिन थाल्छौँ ।

पानी कम पिउने

दिनभरिमा ७ देखि ८ गिलास भन्दा कम पानी पिउँदा शरीरमा पानीको कमी हुन्छ जसले छालामा सुख्खापना बढाउँछ । छाला सुख्ख हुँदा चाउरीपनाको समस्या देखा पर्छ ।

नशाको लत

मदिरा, गाँजा, चुरोट र ड्रग्स जस्ता नशाको लत लागेका मानिसको शरीरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छन् । यसले तनाव बढाउँछ र समयभन्दा पहिले नै मािनस बूढो देखिन थाल्छ ।

एकैसाथ धेरै काम गर्ने

एकैसाथ धेरै काम गर्दा हाम्रो धेरै ऊर्जा सकिन जान्छ । यसका साथै यसले कामको चापलाई बढाउँछ र तनाव हुन थाल्छ । यसका कारणले दिमाग र हृदयमा नराम्रो असर पर्छ ।

निद्रा पूरा नलिने

थुप्रै अनुसन्धानले यो पुष्टी गरिसक्यो कि रातिको समयमा ७ घन्टा सुतेन भने यसले तनाव, हृदय सम्बन्धी रोग र रक्तचापमा समस्या पैदा गराउँछ । यस्तो गल्तीले जवानीमै मानिसलाई बूढो बनाइदिन्छ ।

पोषणयुक्त खानाको कमी

व्यस्त जीवनमा मानिसहरु जे सजिलो त्यही खाएर गुजारा गर्ने गर्छन् । तर हाम्रो शरीरलाई पर्याप्त पोषण दिने दूध, पनिर, हरियो सागसब्जी, अन्डा, माछा, मासु जस्ता खानेकुरा अत्यन्तै आवश्यक छन् । दैनिक खाने कुराहरुमा यी खानेकुरा पनि सेवन गर्नुपर्छ । किनकी जरुरी पोषण नपाउँदा शरीर चाँडै कमजोर भएर बूढो देखिन थाल्छ ।

सनस्क्रिन नलगाउने

सनस्क्रीन नलगाउनाले घामका किरण सिधै छालामा पर्न जान्छन् । यसले छालाको रङ बदलिदिन्छ र नरमतालाई कम गराउँछ । छालासम्बन्धी समस्याबाट बच्नका लागि सधैँ घाममा हिँड्नु अघि सनस्क्रीन लगाउनुपर्छ ।

व्यायाम नगर्ने

नियमित बिहान व्यायाम नगर्ने मानिसको शरीर फिट र स्वस्थ हुन सक्दैन । यस्तोमा मोटोपना, कब्जियत, एसिडीटी जस्ता समस्या देखा पर्छन् जसले विभिन्न रोगलाई निम्त्याउँछ । समयभन्दा पहिले नै बूढो देखिनबाट बच्नका लागि व्यायाम अत्यावश्यक मानिन्छ।

चाउरी हटाउन

चाउरी पर्नै नदिन समस्या निम्तिने कारणहरूमा सचेत हुनु नै हो । निम्तिसकेको छ भने पनि थप हुन नदिन लाइफस्टाइलमा ध्यान दिन सकिन्छ । तर, चाउरी हटाउनै पर्ने छ भने कस्मेटिक या प्लास्टिक सर्जरी र लेजरथेरापी गर्न सकिन्छ । नेपालमा लेजर रिजुभेसन थेरापीको सफल प्रयोग भइरहेको छ । यो थेरापी गर्दा निस्किने लाइटले छालामुनिको पानीमा प्रभाव पार्छ र छालाको पिब्रोब्लास्टलाई सक्रिय बनाउँछ ।

यसले कलेजिन फाइबर बढाउन मद्दत गर्छ । यसले अनुहारमा सुरु हुन लागेको चाउरीपन र छिद्र कम गराउँछ । लक्षित गरिएकोबाहेक लेजर अरू ठाउँँमा नजाने भएकाले नचाहेको भागमा असर पर्दैन । यो थेरापी गरिसकेपछि लिड ल्याम्पको प्रयोगले छालालाई आराम दिएर शान्त पारिन्छ । यसको राम्रो नतिजा ल्याउन १५ दिनको अवधिमा ४ देखि ६ पटकसम्म थेरापी गर्नुपर्छ । पहिलोपटकको उपचारपछि नै छालामा सुन्दरता आएको अनुभव गराउँछ ।

प्लस टिप्स

चाउरी हटाउन गरिएको लेजर उपचारपछि सनब्लक क्रिम लगाउने विषयमा छाला विशेषज्ञसँग सल्लाह गरेर मात्रै अगाडि बढ्नुपर्छ । थेरापीपछि के गर्नेरनगर्ने भन्ने कुरा व्यक्तिअनुसार फरक पर्नसक्ने भएकाले विशेषज्ञको रायपछि मात्रै कदम चाल्नुपर्छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS