Supreme Court

सर्वोच्च अदालतले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार सर्वोच्च अदालतले प्लेजर सुलोसन नेपालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्लेजर सुलोसनले काठमाडौं महानगरपालिकालाई विपक्ष बनाएर डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोर्ड भने नहटाउन अन्तरिम आदेश जारी गरेको छ । तर काठमाडौं महानगरपालिकाले भने बोर्ड आफै नझिके महानगरले झिकेर लैजाने चेतावनी र सूचना जारी गरेको थियो ।

 

court

तपाईको प्रतिक्रिया

RELATED POSTS