Khursani

काठमाडौँ । हामी धेरैजसो को बानि पिरो खाने हुन्छ । पिरो भएन भने हामीलाई हामीले खाने खानेकुरा खल्लो लाग्छ । पछिल्लो समय सामाजिक संजालहरुमा अत्यधिक पिरो खाने ‘च्यालेन्ज’ भाइरल बनिरहेको छ । यसमा युवाहरुले विशेषगरी दुई गुणा पिरो भनिने ‘स्पाइसी राम्यन’ अर्थात् कोरियन ब्रान्डको चाउचाउ खाइरहेका छन् । स्वादमा मिठो र अत्याधिक पिरो यो खानेकुराले चाख्न जोकोही उत्साहित हुने गरेको छन् । तर धेरै समय पिरो मात्र खाइरहनुले भने स्वास्थ्यमा गम्भीर क्षति पुर्याउन सक्छ ।

केही समय अगाडि मात्र मलेशियाका एक व्यक्तिले फेसबुक पोस्टमा आफ्नी पत्नीले प्रत्येक हप्ता अत्यन्तै पिरो राम्यन खाने गरेकाले धेरै पेट दुखेको र अन्त्यमा अस्पताल भर्ना हुनुपरेको लेखेका थिए । सो पोस्टका अनुसार ती व्यक्तिकी पत्नीले पिरो हुँदैन भन्दै एउटा बाउल पूरै राम्यन सुपसहित सिध्याउने गर्थिन् । यसैगरी एक २२ वर्षीय अमेरिकी र्यापरले पनि आफूले लगातार पिरो चिप्स खाएका कारण उपचार गराउनुपरेको बताएका थिए । उनका अनुसार नियमित अत्याधिक पिरो चिप्स खाइरहनुले उनको पेटभित्रका केही अङ्गमा गम्भीर असर परेपछि उनले रगत बान्ता गरेका हुन् । यसपछि उनले सबैलाई सचेत रहन भन्दै यसबारेमा लेखेका थिए । यस किसिमले स्पाइसी खाने च्यालेन्जको पछाडि लाग्दा बिरामी हुनुपरेको धेरै घटनाहरु छन्।

‘योर्कटेस्ट ल्याबोरेटरिज’ की न्युट्रिसनल थेरापिस्ट एलिसन ओर भन्छिन्, “थोरै मात्रामा पिरो खानुले कुनै समस्या गराउँदैन । तर अधिक मात्रामा पिरो सेवन गर्नु घातक साबित हुन सक्छ । ” यसका कारण अल्सर समेत हुन सक्ने उनी बताउँछिन् । हामीले एकदम पिरो खानेकुरा खाँदा दिमागमा ‘दुखाइ’ भन्ने सिग्नल पुग्ने गर्दछ जसपछि शरीरले कुनै विषाक्त निलेपछिको जस्तो प्रतिक्रिया गर्न सुरु गर्छ ।

यसमा शरीरका सबै हर्मोनहरुले उक्त पदार्थलाई बाहिर निकाल्ने प्रयास स्वरुप बान्ता वा पखाला गराउने गर्दछन् । त्यस्तै पिरोले आइबीएस, ‘बवेल सिन्ड्रोम’ को लक्षणलाई पनि सक्रिय पार्न सक्छ जसले हामीलाई पिडा र असहज गराउँछ । यसका कारणले मान्छेको दिशामा समस्या हुने गर्दछ । थोरै मात्रामा र कहिलेकाहिँ खाँदा पिरोका विभिन्न फाइदा छन् तर नियमित अत्यन्तै पिरो खानेकुरा सेवन गर्नुले भने अनावश्यक रुपमा स्वास्थ्यमा हानि पुर्याउँछ । कतिपय हामीले अनुमान पनि नगरेका कुरा हुन्छन ।

अत्यधिक मसलादार खानाले तपाईलाई बिभिन्न प्रकारको नोक्सान पुर्‍याउन सक्छ, जसको बारेमा तपाई सचेत हुनुपर्छ। आउनुहोस्, सिक्नुहोस् के कुरामा ध्यान दिनुपर्छ :

-जरुरत भन्दा ज्यादा पिरो खानाले बैचेनी र पेटमा जलनको समस्या पैदा हुन्छ । यस्तो विशेष गरेर तब हुन्छ जब तपाईको डिनर र रातको सुत्ने समयको बीचमा ग्याप नहुनुको कारण ।

-रातको समयमा बढी मसलादार खानाले ग्यास्ट्रिक लाई बिगार्न सक्छ। अपच र अनिद्राको समस्या पनि उत्पन्न गराउँछ ।

-अत्यधिक पिरो खाना खानाले मेटाबोलिजमलाई ढिला बनाउँदछ र पचाउनमा समय लिन्छ। यसले तपाईंको ऊर्जा स्तरमा पनि नराम्रो प्रभाव पार्छ।

-पिरोमा क्याप्साइसिन भन्ने पदार्थ पाइन्छ जसले एसिडिटी समस्या उत्पन्न गर्दछ।

-अत्यधिक मसलादार र पिरो खाँदा अपचको समस्या हुन्छ र निद्राको अक्षमता हुन्छ, यसको प्रभावले तौल बढ्ने समस्या पनि हुन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS