साउदी अरेबिया : विश्वभर फैलिएको कोभिड १९ भाइरसबाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु भएको छ। ४ हजारभन्दा बढी संक्रमित भएका छन्।

साउदीमा केही दिनदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दो छ। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले साउदीमा कार्यरत अप्रवासीमा कोरोना संक्रमण बढ्दो रहेकाले साउदी सरकारले दिएको निर्देशन पालना गरी सुरक्षित रूपमा रहन आग्रहसमेत गर्दै आएको छ।

साउदीमा केही दिन यता कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या बढ्दो छ। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धामा कार्यरत २ कर्मचारीमा समेत कोरोना देखिएको छ । यस भाइरसबाटलगभग २० दिनभित्र ५ जना नेपालीको मृत्यु भएको छ।

साउदीमा हालसम्म २ लाख ७२ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ। ४२ हजार ५ सय संक्रमित विभिन्न हस्पिटलमा विशेष रुपमा उपचार लिइरहेका छन् भने २ हजार १ सयभन्दा बढीको अवस्था गम्भीर छ।

साउदी सरकारले कोरोना भाइरस र अन्तर्राष्ट्रिय उडान स्थगन अवधिमा म्याद सकिएका भिषा थप्ने कार्य अनलाइनबाट पुन: सुरु गरेको छ। सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका ४ सय ९८ नेपालीलाई वहिर्गमन भिषासमेत जारी गरेको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS