बलिउड अभिनेत्री दिशा पाटनी आफ्नो स्टाइलिश र फेशनेबल लुकका लागि चर्चित छिन् । इन्टरनेटमा प्राय पाटनीकोे ग्ल्यामरस र स्टनिङ लुक भाइरल भइरहन्छ । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छि । प्राय इन्स्टाग्राममा आफ्नो फोटोहरु शेयर गर्छिन् । दिशाका फ्यानहरु पनि उनको आउटफिटलाई निकै मन पराउँछन् ।

अहिले सामाजिक सञ्जालमा दिशा पटानीको स्टनिङ लुक भाइरल भइरहेको छ ।
दिशाले पहेंलो र सेतो रंगको फ्लोरल मिनी ड्रेस लगाएकी छिन् । उनको यस आउटफिटमा सुर्यमुखी चिन्ह पनि प्रिन्ट गरिएको छ । उनी यस आउटफिटमा निकै आर्कषक देखिएकी छिन् । स्कुप्ड नेकलाइन र पफी स्लिव्सवाला यस ड्रेसमा रफल डिजाइन बनाइएको छ ।

दिशा पाटनीले स्कुप्ड नेकलाइन ड्रेसमा लाइट मेकअप क्यारी गरेकी छिन् । फ्लोरल ड्रेससँगै दिशा पाटनीले सिम्पल पेन्डेन्ट पहिरिएकी छिन् । हार्ट शेपवाला हुप्स र सिम्प पेन्डेन्टमा उनी निकै गज्जब देखिन्छिन् । पहेंलो र सेतो ड्रेससँगै दिशा पाटनीले पिंक लिपिस्टिक लगाएकी छिन् ।

दिशाले सन् २०१५ मा लोफर फिल्ममार्फत अभियन यात्रा सुरु गरेकी थिइन् । २०१६ मा रिलिज भएको एसएस धोनी – द अनटोल्ड स्टोरी उनको पहिलो बलिउड फिल्म हो । २०१७ मा उनले चिनियाँ फिल्म कुङ फू योगमा पनि अभिनय गरेकी थिइन् । यो फिल्म चीनमा सर्वाधिक आम्दानी गर्ने सर्वकालिन फिल्महरुको सुचीमा पर्छ । बागी २ र भारत उनका अन्य चर्चित फिल्म हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS