मुम्बइ। टेलिभिजनको सबैभन्दा विवादित शो बिग बोस यो सिजनमा पनि सुरु हुनासाथ विवादमा आएको छ । शोमा केही पुराना प्रतियोगीहरु आएका छन् । अब केही अन्य प्रतियोगी वाइल्ड कार्ड इन्ट्रीमार्फत आउनेछन् । सपना भाभीको नामबाट चर्चित वयस्क फिल्मस्टार सपना सप्पु पनि बिगबोसमा वाइल्ड कार्डमार्फत आउने भएकी छिन् । यसअघि पनि पूर्व पोर्नस्टार सनी लियोनीलाई ल्याएपछि यो शो विवादमा परेको थियो ।

सपना सप्पुले १९९८ मा फिल्म गुण्डाबाट बलिउड डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनीसँग मुख्य भूमिकामा मिथुन चक्रवर्ती थिए । बलिउडका अलावा सपनाले भोजपुरी र गुजराती फिल्ममा पनि काम गरेकी छिन् । २०१३ मा बिहे भएपछि उनले अभिनय पूर्ण रुपमा छाडेकी थिइन् र गुजरात गएर बस्न थालेकी थिइन् । वैवाहिक जीवनमा समझदारी नभएपछि उनी पतिसँग छुट्टिएकी छिन् । उनका ५ वर्षका छोरा टाइगर छन् जसको संरक्षकत्व कसले लिने भन्ने विषयमा सपना र उनका पतिबीच मुद्दा चलिरहेको छ ।

पतिसँग छुट्टिएपछि उनी फेरि गुजरातबाट मुम्बइ आइन् । मुम्बइ आएर उनले केही सेमी पोर्न वेब सिरिजमा अभिनय गरेकी छिन् । २ सय भन्दा धेरै हिन्दी, भोजपुरी र गुजराती फिल्ममा काम गरेकी सपनाले बोल्ड भूमिकाका कारण पहिचान पाइन् । कैयौं बी ग्रेड फिल्ममा काम गरेपछि पछिल्लो पटक उनले वेब सो आपकी सपना भाभीमा काम गरेकी छिन् । सपना भाभी नामबाट चर्चा पाएकी यी अभिनेत्रीको खास नाम जरिना शेख हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS