बुटवल । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका– ९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा शुक्रबार मृत्यु भएको हो । असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो ।

 

प्लाज्मा थेरापी पनि गरिएका उनको शुक्रबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS