प्रशंसा गर्दा मानिसले आआफ्नै तरिकाले गर्ने गर्छन्। बलिउडमा पनि कलाकारले एकअर्को अनौठो तरिकाले प्रशंसा गर्ने गरेको पाइन्छ।

अभिनेता ऋतिक रोशनले पनि अभिनेत्री क्याटरिना कैफको प्रशंसा बढो अनौठो तरिकाले गरे। तर उनको प्रशंसा क्याटरिनालाई भने अपमान जस्तो लाग्‍यो।

गत वर्ष एक सार्वजनिक मञ्चमा ऋतिकले क्याटरिनाले एक मजदुरले जसरी काम गर्ने बताएका तिए। ऋतिकले खासमा यो कुरा प्रशंसा गर्न भनेका थिए तर क्याटरिनालाई भने यसले अपमान गरेको लाग्यो।

ऋतिकले यो शब्द कसरी प्रयोग गरेको भन्ने बारेमा आफ्नो स्पष्टिकरण दिएका छन्।

‘यो एउटा यस्तो कुरा हो जुन मैले क्यारिनालाई सधैं भन्दै आएको छु। उनले यसलाई अपमानको रूपमा लिने गरेकी छन्। तर मलाई थाहा छ, यो मैले मात्र प्रशंसा गर्ने हेतुले भनेको थिएं’ ऋतिकले भने, ‘म क्याटरिनालाई ‘मजदुर’ मान्दछु, उनी एक मजदुर हुन्, एक श्रमिक हुन्। उनी आजसम्म मैले भेटेको सबैभन्दा राम्रो मजदुर हुन्।’

यसैगरी ऋतिकले क्याटरिनासँग काम गर्न सजिलो हुने पनि बताए।

‘म के भन्छु भने क्याटरिना भित्र एउटा मजदुर छ र त्यो सहज, सुन्दर र हट छ। तर यो मात्र सजावट हो। भित्रीरूपमा भने उनी एक मेहेनती मान्छे हुन्। म उनी प्रतिभाशाली भएको मान्दछु। उनीसँग काम गर्नु मेरा लागि एकदमै सजिलो हुनेगर्छ’, उनले क्याटरिनाको थप प्रशंसा गर्दै भने।

दुबैले ‘जीन्दगी ना मिलेगी दोबारा’ र ‘ब्याङ ब्याङ’ गरी दुई सिनेमामा एकसाथ काम गरिसकेका छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS