काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत चार जना कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरलाई बताए ।

 

दाहालका अनुसार बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा स्थगित गरिएको छ । परिस्थितिको विश्लेषण गरेर अवस्था अनुसार नयाँ सूचना जारी गरी सेवा सुचारु गरिने पनि उनले बताए ।

ललितपुर र भक्तपुरमा भने कार्यालय सञ्चालन भइरहेका छन् । तर, भिडभाड बढेको भन्दै दुई जिल्लामा पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS