बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS