काठमाडौं । केही आधारभूत जीवनशैलीको परिवर्तनले डिमेन्सियाका बिरामीहरुको एक तिहाइ समस्यालाई समाधान गर्न सकिन्छ । अन्वेषकले डिमेन्सिया रोगको समाधानका लागि के गर्न सकिन्छ ? भन्ने बारेमा गरेको अध्ययनअनुसार बाल्यकालमा राम्रो शिक्षा प्रदान गर्न सके पनि डिमेन्सियाको समस्या समाधान गर्न सकिन्छ भन्ने पत्ता लगाएका छन् ।

दि लान्सेटमा प्रकाशित अध्ययन अनुसार दिमागलाई क्षति पुर्‍याउने ९ वटा कारणहरुमा श्रवणशक्ति, मोटोपना र धुम्रपान आदि समावेश छन् । भर्खरको अनुमानहरुका अनुसार विश्वका करिब ५ करोड मानिसहरू डिमेन्सिया र अल्जाइमरबाट ग्रस्त छन् ।

यो आंकडा २०५० सम्ममा १३ करोड २० लाख पुग्न सक्छ । डिमेन्सिया रोग मस्तिष्कमा हुने शारीरिक परिवर्तनका कारण हुने गर्छ । यो रोग लागेपछि मान्छेको स्मरणशक्ति गुम्ने सम्भावना धेरै हुन्छ । साथै, यसले अन्य मानसिक क्षमताहरूलाई बाधा पुर्‍याउँछ ।

डिमेन्सिया कम गर्ने नौ तरिकाहरू

१. श्रवण शक्तिलाई स्तरीय बनाउनुहोस् ।

२. यससँग सम्बन्धित अन्य ज्ञानको दायरा बढाउनुहोस् ।ण्

३. धुम्रपान रोक्नुहोस्

४. डिप्रेसन कम गर्नुहोस्

५. व्यायामलाई बढाउनुहोस्

६. सामाजिक गतिविधि बढाउनुहोस्

७. उच्च रक्तचापको समयमा नै उपचार गर्नुहोस्

८. स्वस्थ तौललाई ध्यान दिनुहोस्

९. टाइप २ मधुमेहको समयमा नै उपचार गर्नुहोस्

अध्ययनको नतिजाले संकेत गरेको छ कि लगभग ३५ प्रतिशत डिमेन्सियाका बिरामीहरूमा निम्न नौ किसिमका जोखिमहरू रहेको देखिएको छ ।

अधिकतम ११ देखि १२ वर्ष उमेरसम्म विद्यार्थीमा शिक्षा, उच्च रक्तचाप, मोटोपना, श्रवणशक्तिमा कमी जस्ता लक्षणहरु देखिने गरेको छ । मधुमेह, शारीरिक निष्क्रियता, धुम्रपान र सामाजिक रुपमा दुरी कायम गर्न रहर गर्ने जस्ता लक्षण यस रोगको लक्षणमा देखिन्छ ।

अनुसन्धानकर्ताले पत्ता लगाए अनुसार यदि कोही बच्चा १५ वर्षको उमेरसम्म स्कुलमा नै रहे भने उनीहरुको शिक्षा र सामाजीकरणका कारण डिमेन्सियाको समस्या कम हुने गर्छ । युनिभर्सिटी अफ लण्डनका प्राध्यापक गिल लिभिंग्स्टनका अनुसार ‘पछिल्लो समय डिमेन्सियाको निदान भए पनि मस्तिष्कको विकासमा भने केही ढिलाइ हुन्छ ।’

अहिलेको अवस्थामा देखिने डिमेन्सियालाई जीवनशैलीमा ल्याइने सामान्य परिवर्तनले पनि ठूलो सुधार ल्याउने बताइएको छ । अन्वेषकहरूले भनेका छन् कि ४५ देखि ६५ वर्ष उमेरका मान्छेले जीवनशैलीमा ध्यान दिने हो भने डिमेन्सियाको समस्या ९ प्रतिशतसम्म त्यसै कमी हुने गरेको पत्ता लगाएका छन् । धुम्रपान त्याग्नाले मात्रै पनि यो संख्यालाई ५ प्रतिशतसम्म घटाउन सकिन्छ ।

डिमेन्सियाको जोखिममा योगदान पुर्‍याउने अन्य कारकहरूमा डिप्रेसन (चार प्रतिशत), शारीरिक निष्क्रियता (तीन प्रतिशत), सामाजिक दुरी कायम गर्नु (दुई प्रतिशत), उच्च रक्तचाप (दुई प्रतिशत), मोटाइ (एक प्रतिशत) र टाइप २ मधुमेह (एक प्रतिशत) रहेको छ ।

अध्ययनले २०१५ मा डिमेन्सियाको उपचारको लागि मात्रै ८ अर्ब १८ करोड अमेरिकी डलर बराबर खर्च विश्वव्यापी रुपमा हुने गरेको उल्लेख छ ।

“हामीले अन्य सम्भावित जोखिम कारकहरू जस्तै खाना, मदिरा, मूल सडकको छेउछाउमा बस्ने र निद्रालाई पनि समावेश गरेका छैनौं जुन समावेश गर्नु सान्दर्भिक हुन सक्छ । ‘त्यसकारण, डिमेन्सियाको सम्भावित रोकथामलाई आँकडामा कम महत्व दिन सकिन्छ ।’ प्राध्यापक लिभिङ्ग्स्टन भन्छन् ।

सन् २०१५ मा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले गरेको अध्ययनले नेपालमा समेत डिमेन्सियाको समस्या बढ्दो रुपमा रहेको जनाएका थिए । उनीहरुले कमजोर आय भएका नेपाल जस्तो मुलुकहरुमा यसको समस्या झनै धेरै रहेको निष्कर्ष निकालेका छन् ।

प्रतिष्ठानका चिकित्सकहरुको अध्ययन पछि प्रकाशित आलेख अनुसार पछिल्ला वर्षहरुमा सामान्य मानिसहरुको तुलनामा ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या बढ्दै गएको छ । सन् २००१ मा १५ लाख रहेको ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या सन् २०११ मा पुग्दा ९ प्रतिशतले बढेर २७ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । आफ्नो नियमित जीवनशैलीमा परिवर्तन नल्याउने हो भने बुढेशकालमा डिमेन्सियाको समस्या बढ्ने गरेको उल्लेख रिपोर्टमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS