काठमाडौं। चीनको कोरोनाभाइरस भ्याक्सिन केही दिनमै आम सर्वसाधारणको लागि उपलब्ध हुन सक्नेछ । चीनको एक प्रमुख भ्याक्सिन विकासकर्ताले आधिकारिक स्वीकृतिको लागि नियामक निकायमा आवेदन दिएका छन् । तीन महिनाअघि नै आपतकालीन प्रयोगको अनुमति पाइसकेको यो भ्याक्सिनले नियामक निकायबाट पूर्ण स्वीकृति पाएसँगै आम सर्वसाधारणलाई यो भ्याक्सिन दिन बाटो खुल्नेछ । अहिलेसम्म रुसले मात्र आफ्नो देशमा विकास भएको भ्याक्सिनलाई स्वीकृति दिएको छ ।

अमेरिका र बेलायतमा विकास गरिएका प्रतिस्पर्धी भ्याक्सिनले फेज–३ ट्रायलको प्रारम्भिक नतिजा जारी गर्दै आफ्नो भ्याक्सिन प्रभावकारी देखिएको बताएसँगै चीनको भ्याक्सिन पूर्ण स्वीकृतितर्फ अघि बढेको हो । सिनोफार्मको नामले चिनिने चाइना नेशनल फार्मास्युटिकल ग्रुपको भगिनी कम्पनी चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) ले पूर्ण स्वीकृतिका लागि आवेदन दिएको सिनोफार्मका उपमहाप्रबन्धक शी शेंगयीलाई उद्धृत गर्दै सिन्ह्वा फाइनान्सले जनाएको छ ।

कतिवटा र कुन कुन भ्याक्सिनको परीक्षणका लागि आवेदन दिइएको हो भन्ने प्रस्ट छैन । सीएनबीजीका दुई छुट्टाछुट्टै संस्थानहरुले कोरोनाभाइरसविरुद्ध दुई भ्याक्सिन विकास गरेका छन् । यीमध्ये कुनै एक वा दुवै भ्याक्सिन स्वीकृतिको लागि पठाइएको हुन सक्छ । यी दुवै भ्याक्सिनको विश्वका १० छुट्टाछुट्टै देशहरुमा फेन ३ का ठूलो परिमाणको ट्रायल जारी छ । ट्रायल दक्षिण अमेरिकी देश र मध्यपूर्वका देशमा भइरहेको छ । यी भ्याक्सिन कत्तिको प्रभावकारी छन् भन्ने सार्वजनिक गरिएको भने छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS