काठमाडौं । सनातन धर्ममा १० अवतारको बारेमा धेरै परिचित छन् । १० अवतारमध्ये नवौं अवतारको रुपमा सिद्धार्थ गौतम(गौतम बुद्ध)लाई पनि चिनाउने गरिन्छ । यसले अवतारवादमा केवल हिन्दु देवता मात्रै नभएर बौद्ध देवतालाई समेत जोडेको देखिन्छ । तर वैदिक साहित्यमा भने ९ किसिमको अवतारबारे चर्चा गरिएको छ ।

अवतार ‘अव’ उपसर्गपूर्वक तृ धातुमा ‘घञ्’ प्रत्ययबाट अवतार शब्दको निष्पन्न हुन्छ । अवतार शब्द कुनै पनि वस्तुको तल आउनु, प्रकट हुनु वा नयाँ दर्शन हुनु आदि अर्थमा सुन्न सकिन्छ । जब कुनै सर्वशक्तिमान गुणातीत तत्वमाथिको लोकबाट तल उत्रिएर मानव या अन्य योनीहरुमा शरीर धारणा गर्छ भने त्यो तत्वलाई अवतार नामले चिन्ने गरिन्छ।

श्रीमद्भागवत पुराणका अनुसार कस्तो अवस्थामा जन्म हुन्छ नयाँ अवतारको ?

–एक नयाँ संसारमा नयाँ धर्मको उद्घाटन गराउनु

–विष्णु जगतको स्थितिकर्ता भएकोले पनि विष्णुले नै यस्तो अवतारको अवधारणा अवलम्बन गर्छन् भन्ने मान्यता छ ।

–पाप अत्यधिक बढेपछि धर्मप्रति मान्छेको विश्वास बढाउनको लागि

अवतारहरूमा भेटिने भेद

विष्णुका तीन अवतारहरु

१ पूर्णावतार

यस अन्तर्गत् कलावतारको वर्णन हुन्छ । राम र कृष्ण पूर्णावतार हुन् ।

२ अंशावतार

अंशावतारमा भगवानको विभिन्न विभूतिहरु समाविष्ट हुन्छ । यसमा सम्पूर्ण स्थावर र जंगम पदार्थ भगवानको नै अंश हो । महाभारतका समस्त पात्र कुनै न कुनै देवता दैत्यको अंशबाट उत्पन्न हुने भएका कारण परमात्माको नै अंश रुप हो । परन्तु यो उपासना योग्न नभएका कारण पनि यो एक अंश मात्रै हो ।

३ आवेशावतार

यो स्वरुप अन्तर्गत् परशुराम अवतारलाई मानिन्छ । यसपछि कालावतारको वर्णन गरिएको छ । कालको इकाइका अनुसार भगवान युगावतार, मन्वन्तरावतार, कल्पावतार धारण गर्ने गर्छन् । अन्तमा लीलावतारको पनि उल्लेख पाइन्छ । भागवत पुराणले लीलावतारलाई सबैभन्दा उत्तम मानेको छ ।

अवतारहरुको संख्याका बारेमा चर्चा

–ऋग्वेदमा वामन र वराह अवतारको वर्णन गरिएको छ ।

–यजुर्वेदमा समेत वामन र वराहको नै वर्णन छ । अथर्ववेदमा केवल वराह अवतारको मात्रै वर्णन छ । जसको पृथ्वीसँग सम्बन्धित छ ।

–तैत्तेरीय ब्राह्मणमा वराह र वामन दुई अवतारको वर्णन छ । ऐतरेय ब्राह्मण केवल वामन अवतारको मात्रै वर्णन गरिएको छ । तैत्तेरीय आरण्यकमा वराह, वामन, कुर्म एवं नृसिंहको उल्लेख छ ।

–अवतारको संख्या असंख्येय छ र यसलाई गणना गर्न गाह्रो छ । वैदिक साहित्यले केवल ५ अवतारलाई मात्रै विश्लेषण गरेको छ, जुन मत्स्य, कुर्म, बराह, नृसिंह र बाम हुन् ।

–रामायणमा रामका अतिरिक्त परशुराम, कुर्म र वराहको मात्रै वर्णन उल्लेख छ । वराह, स्कन्ध, गरुण आदि पुराणहरुमा भने अवतारको संख्या १० मानिएको छ ।

–भगवत पुराणमा भगवानको चौबिस अवतारको विस्तृत वर्णन गरिएको छ । दश अवतार अन्तर्गत पुराणमा बुद्धको गणना गरिन्छ । महाभारतमा बुद्धको बारेमा केही उल्लेख गरिएको छैन । केवल शान्तिपर्वको एक श्लोकमा बुद्धको उल्लेख छ ।

महाभारतका अनुसार प्रमुख अवतार र उसको काम

–मत्स्यावतारद्पारा भगवान प्रलयकालमा समस्य सृष्टिको बीजकको रक्षाका साथसाथै वेदको रक्षा गर्ने गर्छन् ।

–कूर्मावतारमा भगवान् अमृत प्राप्तिको लागि देवताद्वारा गरिएको समुद्र मन्थनमा मन्दराचललाई आफ्नो पीठमा धारण गर्छन् ।

–वराह अवतारमा दाँतको सेवाद र पर्वत सहितको समूची पृथ्वीको उद्दार गर्ने गर्छन् । यही रुपमा हिरण्याक्ष राक्षसको वध गर्ने गरिन्छ ।

–नृसिंह रुपमा सम्पूर्ण जगतलाई हिरण्यकशिपु लगायत समस्या राक्षसको वध गर्छन् ।

–वामनावतारद्वारा भगवान्ले मायाद्वारा बलीलाई बाँधेर सारा त्रिलोकलाई तीन पेगद्वारा माप लिने गर्छन् ।

–परशुराम अवतारमा भगवान्ले पृथ्वीलाई २१ पटक परिक्रमा गरेर दुष्टहरुको वध गरेको ।

–भगवान रामावतार रुपमा पुलत्स्यनन्दन रावणको वध गरे ।

–सधैं हल, मूसल, धारण गर्ने र नीलो वस्त्र धारण गर्ने बलरामको रुपमा भगवानले असुरहरुलाई वध गरे ।

–शंख, चक्र, धनुष, पीताम्बर एवं वनमाला धारणा गर्नेवाला कृष्णको अवतारमा भगवान्ले कंश, पूतना, अरिष्ट इत्यादि दैत्यहरुको वध गरे ।

–अन्तिम अवतार कल्की भविष्यमा हुने वाला हुन् । भगवान् कलियुग आएपछि घोडामा सवार भएर धर्मको स्थापना गर्छन् र म्लेच्छहरुको वध गर्छन् भन्ने मान्यता छ ।

यसबाहेक महाभारतमा विभिन्न गौण अवतारको पनि उल्लेख पाइन्छ । व्यास, कपिल, हयग्रीव, दत्तात्रेय, सनत्कुमार, नरनारायण, हरि र मोहिनी महाभारतमा उल्लेखित गौण अवतारहरु हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS