कोरोना भाइरसबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन् । कुल सङ्क्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन् ।

८९९ संक्रमित थपिँदा १३५९ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ भने निको हुनेको सख्या २ लाख ३४ हजार २३१ जना रहेका छन् ।
यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ६७२ जना रहेका छन् भने मृतकको संख्या १६८९ जना रहेका छन् ।

यस्तै हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS