कैलाली। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् ।
सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् ।

‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री समेत रहेका नेता थापाले भने, ‘ सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताइरहेको छ।’

सरकार अकर्मण्य र गैरजिम्मेवार भएको बताउँदै थापाले भ्रष्टाचार गर्दिनँ भन्नेले वाइडबडी पुरै खाएको आरोप लगाए ।
संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको पनि उनको भनाइ थियो । सम्मानित भएर बस्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको नेताका रुपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै थापाले राष्ट्रपतिको भूमिकाको चर्को आलोचना समत गरे ।

अब काँग्रेसले जनताको पिरमर्का बुझ्ने बेला आएको बताउँदै उनले आगामी निर्वाचनपछि पार्टीले ओली सरकारले गर्न नसकेका कामको क्षतिपूर्तिसहित पूरा गरिछाड्ने उद्घोष गरे ।
सभालाई पूर्वमन्त्री रामजनम चौधरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुशीला मिश्र भट्ट लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS