संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकारले ल्याएको नयाँ प्रवधानसहितको अध्यादेशपछि बैठक सुरु भएको हो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका छैनन् भने सभामुख अग्नि सापकोटा पनि गएका छैनन् ।

सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ ।

अध्यादेशअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमति भएमा जुनसुकै निर्णय गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS