सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई अनिर्णयको बन्दी बनाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको बताएका छन् ।
बुधबार पत्रकार महासंघमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धमा सत्तारुढ दल भित्रैबाट अवरोध भएपछि विधेयक ल्याइएको बताए ।

लामो समयदेखि संवैधानिक परिषद्को बैठक कोरम नपुग्दा बस्न नसकेकोले अध्यादेश जारी गरेर भएपनि निकाश दिन खोजिएको बताए । मन्त्री गुरुङले संसदलाई छलेर अध्यादेश नल्याएको पनि बताए ।
संसदको मर्यादा र संविधानको संरक्षण गर्दै राजनीतिक घेरा तोडेर निकास दिनका लागि अध्यादेश जारी गरेको पनि स्पष्ट पारे ।

मुलुकलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई निरंकुश भयो भन्ने गरिएकोले पनि समस्या उत्पन्न भएको मन्त्री गुरुङले बताए । सरकारले पटकपटक संवैधानिक नियुक्तीका लागि परिषद्को बैठक राख्न प्रयास गर्दा समेत नसकेपछि निकास दिन अध्यादेश जारी गर्नुपरेको पनि उनको भनाइ छ । निर्णयको २४ घण्टापछि प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिने सहमति जनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS