कोरोना महामारीको सुरुवातताका धेरै अनुमानित विवरणहरु सार्वजनिक भए । कसैले कोरोना खोप ल्याउनको लागि वर्र्षाैं लाग्न सक्ने अनुमान सार्वजनिक गरियो । कुनै पनि रोगको खोप विकास गर्न वर्षौं लाग्छ भन्ने मान्यता थियो । त्यसकारण खोपहरूको बारेमा धेरै आशा गर्नुभन्दा पनि खोपको विकास नहुँदासम्म यसबाट सतर्क भएर बाँच्नु नै उपयुक्त हुने उनीहरुको तर्क थियो । अहिले नेपालमा पनि कोरोनाको संक्रमण देखिएको १० महिना पुगेको छ । विगत केही समयदेखि कोरोना खोपको बारेमा चर्चा चल्ने गरेको छ । नेपालले खोपको विकासमा अग्रसरता नदेखाएको भए पनि खोप कहाँबाट ल्याउने भन्ने बारेमा भने चर्चा चलिरहेको छ ।

अहिले खोप निर्माण गर्ने अमेरिकी बायोटेक कम्पनी मोडेर्ना र जर्मनीको बायोएनटेक कम्पनी आफ्नो साझेदार कम्पनी फिजरसँगको साझेदारीमा अरबौं रुपैयाँको व्यापार गर्नेवाला छन् भन्ने निश्चित छ । तर कति आम्दानी गर्छन् भन्नेबारेमा भने यकिन छैन ।

खोपको विकासको लागि जुटेको लगानीलाई आधार मान्दा त यी कम्पनीहरुले त्यति लामो समयसम्म यसबाट मुनाफा पाउन सक्ने देखिँदैन ।

क-कसले पैसा लगानी गरेको छ ?

महामारीको समयमा खोपको आवश्यकता देखेर सरकार र कोषमा पैसा लगानी गर्ने निजी कम्पनी समेत गरेर विश्वमा अरबौं पाउण्ड पैसा जम्मा भएको छ । गेट्स फाउन्डेसन जस्ता संगठनहरूले खुला रूपमा यी योजनाहरूलाई सहयोग गरेका छन् । यसबाहेक धेरै व्यक्तिहरूले समेत आफ्नो तर्फबाट यी योजनालाई समर्थन गरेको देखिन्छ । अलीबाबाका संस्थापक ज्याक मा र संगीत स्टार डोली पार्टनले पनि व्यक्तिगत रुपमा यो योजनाको लागि सहयोग गरेका छन् ।

विज्ञान डाटा एनालाइटिक्स कम्पनी एयरफिनिटीका अनुसार विभिन्न देशका सरकारले कोरोना खोपको विकासको लागि ६.५ बिलियन पाउण्ड दिइएको छ । त्यस्तै, त्यस्तै विश्वभरिका गैरसरकारी संस्थाको तर्फबाट पनि १.५ बिलियन पाउण्ड संकलन भएको छ । विभिन्न कम्पनीहरुले आफ्नो छुट्टै लगानीबाट भने २.५ अरब पाउन्ड खर्च गरेका छन् ।

विगतमा यस्तो आपतकालीन खोप उत्पादन गर्ने काम धेरै लाभदायक नभएका कारण पनि ठूला कम्पनीहरूले यसमा धेरै चासो देखाएनन् । भ्याक्सिन पत्ता लगाउने प्रक्रियामा समय लाग्छ । गरिब देशहरूलाई भ्याक्सिनको ठूलो मात्रा चाहिन्छ तर उच्च मूल्यका कारण उनीहरूले यसलाई तत्काल प्रयोग गर्न सक्दैनन् ।

जीका र सार्स जस्ता रोगहरूका लागि खोपहरू उत्पादन गर्ने कम्पनीहरूले ठूलो नोक्सान भोग्नुपरेको इतिहास छ । अर्कोतर्फ, फ्लु जस्तो रोगको खोप बजार अरबौंको छ । यस्तो अवस्थामा यदि कोभिड १९ फ्लु जस्तै प्रकृतिको छ र यसलाई वर्षेनि लगाउनुपर्छ भने यो कम्पनीहरुको लागि लाभदायक हुन सक्छ । तर एक पटक लगाएपछि ढुक्क हुने हो भने त यसले उत्पादक कम्पनीहरुलाई घाटामात्रै लगाउँछ ।

तिनीहरूले के-कति मूल्य राख्दै छन् ?

बाहिरबाट समेत यति धेरै फण्डिङ प्राप्त भएका कारण धेरै खोप निर्माता कम्पनीहरु खोपको मूल्य धेरै नराख्ने पक्षमा छन् । उनीहरुले विश्वव्यापी संकटको यस समयमा जति लागत छ त्यतिमात्रै मूल्य राख्ने तयारी गरेका छन् । संयुक्त राज्यका प्रमुख औषधि कम्पनीहरू जस्तै जोनसन र बेलायतको एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयमा आधारित बायोटेक कम्पनीसँग नजिकबाट काम गरिरहेको छ ।

हालसम्मको कुरा अनुसार प्रति डोज ४ डलरसम्म पर्ने सम्भावना छ । मोर्डना एक सानो जैवप्रौद्योगिक(बायोटेक्निकल) कम्पनी हो । जुन वर्षौंदेखि आरएनए खोपसम्बन्धी प्रविधिमा काम गर्दै आएको छ । उनीहरूले लगाएको खोपको मूल्य प्रतिडोज करिब ३७ डलर पर्ने गरेको पाइन्छ । तिनीहरूको उद्देश्य कम्पनीको शेयरधारकहरूको लागि नाफा कमाउनु हो । यद्यपि यसको मतलब यो होइन कि कोरोना भाइरसको मूल्य पनि सोही अनुसार तय भयो । अहिलेसम्म यसको मूल्यको बारेमा कुनै छलफल भएको छैन ।

सामान्यतया औषधि कम्पनीहरूले विभिन्न देशमा फरक शुल्क तिर्नेगर्छन् । यो सरकारमा निर्भर हुने कुरा हो । एस्ट्राजेनेकाले महामारीका कारण आफ्नो उत्पादनको मूल्य क मगर्ने बताइसकेको छ । उनीहरूले अर्को वर्षबाट तुलनात्मक रूपमा उच्च मूल्यमा खोप बेच्न थाल्ने संकेत गरेका छन् ।

बार्कलेजका युरोपेली फार्मास्युटिकल्सका प्रमुख एमिली फिल्ड्स भन्छिन्, ‘अहिले धनी देशहरूको सरकारले कोरोना खोप प्राप्त भयो भने जति पैसा परे पनि तिर्नतयार छ, किनकी उसलाई जतिसक्यो छिटो कोरोना मुक्त भनेर सामान्य जीवनशैलीमा फर्किनुछ । उनी सम्भवतः अर्को वर्षसम्ममा बजारमा अनेक किसिमको भ्याक्सिनहरू आउन थाल्छ । जसले प्रतिस्पर्धाका कारण पनि मूल्य घटाउन बाध्य हुन्छन् ।

एयरफाइनिटीका प्रमुख एक्ज्युकेटिभ रस्मस बेक हेन्सेन भन्छन्, ‘यस बीचमा हामीले निजी कम्पनीहरूको पनि अपेक्षा गर्नुहुँदैन । विशेषगरी त्यस्ता कम्पनीहरू जुन साना छन् र अरू कुनै उत्पादन बेच्दैनन् । त्यसैले उनीहरूबाट आशा नगर्नुहोस् । तिनीहरुले बिना मुनाफा भ्याक्सिन बेच्दैनन् भन्ने उनको मान्यता छ । ठूलाकम्पनीले जोखिम सहेर पनि मुनाफा घटाउन सक्छन् । तर साना कम्पनी त्यो अवस्थामा नहुने भएकोले यसलाई यी कम्पनीबाट सस्तोमा खोपको अशा गर्न नहुने उनको धारणा छ ।

बीबीसी हिन्दीबाट

तपाईको प्रतिक्रिया

RELATED POSTS