हालै नेटफिलक्समा आएको वेब सिरिज फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स निकै चर्चामा आएको थियो । यी वेब सिरिजमा बलिउड सेलिब्रिटीकी श्रीमतीको जीवन देखाइएको थियो । करण जोहरको यो सिरिजमा सोहेल खानकी श्रीमती सीमा खान, सञ्जय कपुरकी श्रीमती महिप कपुर, चंकी पाण्डेकी श्रीमती भावना पाण्डे र नीलम कोठारी सोनी देखिएका थिए । यो सिरिजमा देखिएका यी सबै बलिउड कलाकारका श्रीमती कुनै न कुनै कारणले लाइमलाइटमा आइरहन्छन् । तर केही यस्ता सेलिब्रिटी पनि छन् जसका श्रीमती कम नै लाइमलाइटमा रहन्छन् । अथवा, यो भन्न सकिन्छ कि उनीहरुले आफूलाई बलिउडको चमक–दमकबाट टाढा राखेका छन् । आउनुहोस् बलिउड कलाकारका ती श्रीमतीबारे कुराकानी गरौं ।

जोन अब्राहमकी श्रीमती प्रिया रुचालः

जोन अब्राहम आफ्नो नीजि जीवनलाई नीजि नै राख्न चाहने व्यक्ति हुन् । उनी साधारण जीवनशैली रुचाउने कलाकार पनि हुन् । जोनले सन् २०१४ मा प्रिया रुचालसँग विवाह गरेका थिए । प्रिया लाइमलाइटबाट टाढै रहन्छिन् । जोन अब्राहम आफैंले पनि उनकी श्रीमतीलाई लाइमलाइटबाट टाढै बस्न मनपर्छ भन्ने गरेका छन् । यही कारणले उनी आफूलाई गसिप र बलिउडको चमक–दमकबाट टाढा राख्ने गर्छिन् ।

बबी देओल–तान्या देओलः

बबी देओलकी श्रीमती तान्या निकै ठूलो व्यापारी परिवारसँग सम्बन्ध राख्छिन् । उनी इन्टेरियर डिजाइनर हुन् र होम डेकोरेशनको व्यापार चलाउँछन् । तान्या र बबीले सन् १९९६ मा विवाह गरेका थिए तर बबी देओलकी श्रीमती तान्याको झलक निकै कमै देख्न पाइन्छ ।

विवेक ओबरोय–प्रियंका अल्वाः

विवेक ओबरोयकी श्रीमती प्रियंका अल्वा कर्नाटकका पूर्वमन्त्री जिवराज अल्वाकी छोरी हुन् । यी दुईले सन् २०१० अक्टोबर २९ मा कर्नाटकमा विवाह गरेका थिए । प्रियंका पनि लाइमलाइटबाट टाढा नै बस्छिन् ।

इमरान हाशमी–परवीन साहनीः

इमरान हाशमीकी श्रीमती परवीन पनि बलिउडको चकाचौंधबाट टाढा नै बस्छिन् । एक अर्कालाई ६ वर्षसम्म डेट गरेपछि दुबैले विवाह गरेका थिए । तर परवीनलाई कमै देखिन्छ ।

निल नितिन मुकेश–रुक्मिणी सहायः

निल नितिन मुकेशले सन् २०१७ मा रुक्मिणी सहायसँग विवाह गरेका थिए । रुक्मिणी पहिला वायुसेवामा काम गथिएन् । रुक्मिणीले निल नितिनसँग आफ्नो पारिवारिक जीवन व्यतित गरिरहेक छिन् । रुक्मिणी पनि सार्वजनिक रुपमा कमै देखिन्छिन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS