काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई आगामी निर्वाचन सफलतपूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गर्दै निर्वाचनको घोषणा गरेकी छन् । ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन तय भएको छ ।

बालुवाटार स्रोतका अनुसार ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ पनि लिएका थिए । बैठकमा प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS