काठमाडौं । नेकपा विघटित संसदीय दलको बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ । सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डसहित वरिष्ठ नेताहरुको उपस्थितिमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार संसदीय दलको बैठकले विभिन्न प्रस्तावहरु समेत पास गरेको छ । जसमा नेकपा संघीय संसद दलको बैठकले संसद भंग गर्ने निर्णयको भत्सर्ना गर्ने र यस्तो विषयमा राष्ट्रपतिसमेत संवेदनशील नभएको ठहर गरेको छ । साथै संसद् अधिवेशन बोलाउन बैठकले माग गरेको छ । बैठकले संसद विघटनको कदमविरुद्ध लोकतान्त्रिक सवै शक्तिहरु ठाउँमा उभिने निर्णय गरेको छ । बैठकमा पार्टीका अध्यक्ष र वरिष्ठ नेताहरुले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS