नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई हटाइएसँगै नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ । यस्तै भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाइएको छ । यससँगै आजको बैठक सकिएको घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS