नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार सो पार्टीका नेताहरुले रिट दायर गरेका हुन् ।

नेकपाकै सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए भने रिट दर्ता भइसकेको छ ।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक कदम भएको दावी गरेका छन् । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै पनि १ दर्जन हाराहारीमा रिट दाय भइसकेको छ । अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ । सुनुवाइको पूर्वसन्ध्यामा नेकपा नेताहरुपनि हस्ताक्षरसहित अदालत गएका हुन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS