मुम्बई । बलिउड अभिनेत्री रकुल प्रित सिंह कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन् । ‘म तपाईहरु सबैलाई बताउन चाहान्छु । मेरो कोरोना रिपोट पोजेटिभ आएको छ’ उनले भनिन् ‘म क्वारेन्टाइममा बसेर आराम गरिरहेको छु । ठिक छु । छिट्टै छायाँकनमा समेत फर्किनेछु ।’ सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन् ।

रकुल पछिल्लो महिनामा मालदीप ट्रिपमा गएकी थिइन् । त्यहाँका उनले इस्टाग्राममा धेरै तस्बिर समेत शेयर गरेकी छन् । उनी अव फिल्म ‘इन्डियन २’मा पनि देखिनेछिन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS