काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् ।

केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका हुन् ।

 

तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो । त्यहाँ अहिले भग्नावशेष मात्र छ । नेताहरुले यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताए ।

 

अध्यक्ष नेपालले केपीओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए भने वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको बताए । अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउने धारणा राखे ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS