काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको रिजालले जानकारी दिएका छन् । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS